विराटनगर पुष्पलाल चौकस्थित ‘पुष्पलाल’ को प्रतिमा तोडफोडप्रति निन्दा

<span class='c1'>विराटनगर पुष्पलाल चौकस्थित ‘पुष्पलाल’</span> <span class='c2'>को प्रतिमा तोडफोडप्रति निन्दा</span>

विराटनगर । नेपाल कम्यूनिष्ट पार्टीका संस्थापक तथा वाम–लोकतान्त्रिक आन्दोलनका नेता पुष्पलाल श्रेष्ठको विराटनगर–३ पुष्पलालचौकस्थित प्रतिमा तोडफोडप्रति आठवटा वामपन्थी राजनीतिक दलले निन्दा गरेका छन् । उनीहरुले शहीद गंगालालका भाई पुष्पलाल श्रेष्ठको प्रतिमा भत्काउन जेनजी आन्दोलनमा घुसपैठ भएकाहरुको संलग्नता रहेको भन्दै त्यसको भत्र्सना गरेका हुन् ।

नेकपा एमाले, नेकपा (माओवादी) केन्द्र, नेकपा (समाजवादी), क्रान्तिकारी कम्यूनिष्ट पार्टी नेपाल, नेपाल कम्यूनिष्ट पार्टी (सि), नेपाल मजदुर किसान पार्टी, वैज्ञानिक समाजवादी कम्यूनिष्ट पार्टी नेपाल र नेकपा (ऋषि)ले संयुक्त विज्ञप्ती प्रकाशित गर्दै जेनजी आन्दोलनको मर्मलाई सम्मान गर्ने बताउँदै यसमा भएको घुसपैठको छानविन गरिनुपर्ने माग समेत गरेका छन् । साथै वीपी कोइराला, गणेशमान सिंहको घर, पुष्पलालको प्रतिमा र किशुनजीको आश्रममा भएको तोडफोड आगजनी कार्यको निन्दा समेत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्