दशैंमा भायानेटको इन्टरनेटमा विशेष अफर, ग्राहकलाई छुट र उपहार

<span class='c1'>दशैंमा भायानेटको इन्टरनेटमा विशेष अफर,</span> <span class='c2'>ग्राहकलाई छुट र उपहार</span>

विराटनगर । लोकप्रिय इन्टरनेट सेवा प्रदायक भायानेटले यस वर्षको दशैंलाई लक्षित गर्दै नयाँ तथा पुराना दुवै ग्राहकका लागि आकर्षक अफर सार्वजनिक गरेको छ। हरेक वर्ष दशैंमा विशेष योजना ल्याउने भायानेटले यसपटक झन् ठूलो अफर प्रस्तुत गरेको जनाएको छ।

कम्पनीका अनुसार, यस दशैंमा नयाँ इन्टरनेट जडान गर्ने वा पुरानो सेवा नवीकरण गर्ने सबै ग्राहकले छुट र उपहार पाउनेछन्। अफर अन्तर्गत रु. ३,००० पर्ने मेस राउटर रु. ५०० छुटसहित रु. २,५०० मा उपलब्ध हुनेछ। त्यस्तै, रु. १०,७४९ पर्ने डूअल ब्याण्ड फोन छुटसहित रु. ८,२९९ मा पाइनेछ। साथै, ग्राहकले ४३-इन्चको हिमस्टार स्मार्ट टिभी रु. २७,९९९ मा खरिद गर्न सक्नेछन्।

यसबाहेक, रु. ८,४०० माथि इसेवा एपमार्फत भुक्तानी गर्ने ग्राहकले PromoCode VIA300 प्रयोग गरी रु. ३०० क्यासब्याक प्राप्त गर्नेछन्। यससँगै, ग्राहकले “Spin the Wheel” मा भाग लिएर थप उपहार जित्ने अवसर पनि पाउनेछन्। स्पिनमार्फत भाग्यशाली विजेताले १२ महिना, २ महिना वा १ महिना सम्म निःशुल्क इन्टरनेट सेवाको सुविधा पाउन सक्नेछन्। भायानेटका अनुसार, यो अफर सीमित अवधिका लागि मात्र लागू हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्