विराटनगर । विराटनगर महानगरपालिका–९ मा भाउजुमाथि देवरले तेजाब प्रहार गरेका छन् । सोमबार सामान्य विवाद हुँदा २२ वर्षीय छोटु भनिने श्रवन साहले अनुहारमा तेजाब प्रहार गरेर फरार भएका हुन् ।
घाईतेको उनका श्रीमान सन्तोष साहले न्यूरो अस्पतालमा भर्ना गरेर उपचार गराई रहेको प्रहरीले जानकारी दिएको छ । घाईतेको अवस्था सामान्य रहेको अस्पताल स्रोतले प्रहरीलाई बताइएको छ ।
घटनामा संलग्न छोटुको खोजि कार्य जारी रहेको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङ प्रवक्ता कोपिला चुँडालले घटनापछि संलग्न खोजतलासका लागि प्रहरी परिचालन गरिएको जानकारी दिएकी छिन् । घटना घरायसी सामान्य भनाभनका कारण सिर्जना भएपनि तेजाब आक्रमण जस्तो अपराधको कार्यसम्म भएका कारण प्रहरीले गम्भीर रुपमा लिएको उनले जानकारी दिइन् ।