रुस–युक्रेन युद्ध : ठूलो सफलता हात पारेको रुसको दाबी

<span class='c1'>रुस–युक्रेन युद्ध : ठूलो सफलता</span> <span class='c2'>हात पारेको रुसको दाबी</span>

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध जारी छ । बिहीबार रुसले पोक्रोभस्कमा युक्रेनी सेनाको आक्रमणलाई विफल पारेको दाबी गरेको छ ।

रुसी रक्षा मन्त्रालयका अनुसार एक दिनमा, रुसी सेनाले दुई बस्तीहरू नियन्त्रणमा लिएको छ । साथै युक्रेनी लामो दूरीको ड्रोन एसेम्बली र भण्डारण स्थलहरू, रेलवे पूर्वाधार, गोलाबारुद डिपोहरू र अस्थायी तैनाती बिन्दुहरूमा प्रहार गरेको मन्त्रालयले जनाएको छ । उनीहरूले डोनेट्स्कको पोक्रोभस्कमा घेरिएका युक्रेनी सेनामाथि पनि प्रहार गरेको दाबी गरेका छन् । रूसी वायु रक्षा प्रणालीले आठ सटीक हवाई बमहरू, तीन अमेरिकीमा निर्मित रकेटहरू र ड्रोनहरू खसालेको जनाएको छ ।

सोही दिन, युक्रेनी सशस्त्र सेनाका कमाण्डर इनचीफ ओलेक्जान्डर सिस्र्कीले पोकरोभ्स्क क्षेत्रमा रक्षा स्थितिको निरीक्षण गरेका थिए । उनले पोकरोभ्स्क र कुपियान्स्कमा युक्रेनी सेनाहरूले घेरेर अवरुद्ध गरिएको भन्ने रूसी दाबीलाई अस्वीकार गरेका थिए । त्यस्तै युक्रेनले आफ्ना सेनालाई घेरेको कुरा अस्वीकार गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्