विराटनगरमा नाम चलेका तस्करमाथि प्रहरी निगरानी र नियन्त्रण

<span class='c1'>विराटनगरमा नाम चलेका तस्करमाथि</span> <span class='c2'>प्रहरी निगरानी र नियन्त्रण</span>

विराटनगर । विराटनगरमा नामुद तस्करहरुलाई प्रहरी प्रशासन भटाभट नियन्त्रणमा लिन थालेको छ । सीमापार भारतबाट अवैध रुपमा भन्सार छलेर मालवस्तु भित्र्याउने तस्करहरु प्रहरीको निगरानीमा पर्न थालेका हुन् । तस्करहरुले जस्तो सुकै स्थितिमा भित्र्याएका सामाग्रीको सूचना संकलन गर्ने र नियन्त्रणमा लिने कार्यमा प्रहरीले सक्रियता बढाएको हो । गत कार्तिकमा भन्सार कार्यालय परिसरमै तस्करीको सामानसहित रानीका कुन्दन मण्डललाई सशस्त्रले नियन्त्रणमा लिएको थियो । त्यसपछि भन्सार कार्यालय परिसरबाट समेत उनको अर्को कर्तुत बाहिरीपछि उनी नियन्त्रणमा परेका थिए । त्योसँगै राजस्व अनुसन्धानको टोलिले ट्रान्सपोर्टबाट पठाउन लागेको कपडा समेत नियन्त्रणमा लिइएको छ ।

यस पछि नेपाल प्रहरीले समेत तस्करीमा संलग्नहरुमाथि निगरानी बढाएको छ । मंगलबार बिहान मोरङ प्रहरी र राजस्व अनुसन्धान कार्यालय इटहरीको टोलिले विराटनगर–४ गणेशचौक घर भई विराटनगर–५ मा बरगाछीमा कारोबार गर्दै आएका बब्बु अग्रवालको घरबाट समेत सामान बरामद गरेको छ ।
विराटनगर ४ स्थित गणेशचोक स्थित बब्लु अग्रवालको घरमा छापा हानेर २ वटा बोरामा प्याक गरिएको ४६ थान उन्यु ब्राण्डका कपडा बरामद गरेको हो । अग्रवालले काठमाडौं पठाउन लागि तयार गरिएको ८९ थान कुर्ता सुरुवाल विराटनगर विमानस्थलबाट बरामद गरेको थियो । त्यसपछि उनको घरमा तथा पसलमा छापा हानिएको थियो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख कवित कट्वालको नेतृत्व टोलीले सुनसरी देवानगन्ज ७ का मनिस यादव र विराटनगर ४ का तनबिर मुस्ताकिनलाई अवैध रुपमा कपडा कारोबारमा संलग्न भएको आरोपमा नियन्त्रणमा लिएर ईटहरी स्थित राजश्व अनुसन्धान कार्यलयमा पठाएको छ ।
विराटनगरका बब्लु अग्रवालको तस्करीको कारोबार आजको हैन । उनी पुरानै कारोबारी मानिन्छन् । प्रहरीसँगको सेटिङमै उनले विगतमा कारोबार गर्दै आएका स्रोतको भनाई छ । तर, उनको कारोबारमा क्यारिङ गर्नेहरुले ल्याएका कपडा हुन्छन् । उनी आफैंले खरिद गरेर पनि क्यारिङ गराउने गरेका छन् । प्रहरीले विमानस्थलबाट कपडा बरामद गरेपछि अग्रवाल अहिले सम्पर्कविहीन भएका छन् ।

प्रहरीले तस्करीका कपडा ओसारपसारमा प्रयोग हुने एउटा गाडीलाई पनि नियन्त्रणमा लिएको छ । प्रहरीले बरामद कपडाका सम्बन्धमा थप अनुसन्धान थालेको छ । विराटनगरको रानी सीमा क्षेत्रमा सशस्त्र प्रहरीको कडाई भएसर्गै अहिले तस्करीको नाका सुनसरीको बर्जु लगायतका क्षेत्रमा केन्द्रीत हुदै आएको छ । कोशी प्रदेशको झापा ,मोरङ र सुनसरी जिल्लाका सिमा नाकाहरु तस्करहरुको मुख्य केन्द्र मानिदै आएको छ । त्यसैले जेन्जी समुहले गठन गरेको यो अन्तरिम सरकारबाट भष्टचार, तस्कारको संजाल तोड्ने अपेक्षा गरिएको छ । यो सरकारले कतिको काम गरेर देखाउने हो त्यो भने आउनेदिनहरुले देखाउने नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्