विराटनगर भन्सारको बाटो प्रयोग गरेर तस्करी मौलायो

<span class='c1'>विराटनगर भन्सारको बाटो प्रयोग</span> <span class='c2'>गरेर तस्करी मौलायो</span>

विराटनगर । विराटनगर भन्सार कार्यालयको बाटो प्रयोग गरेर भन्सार जाँचपासमा संलग्नहरुकै तस्करी मौलाएको छ । केहि दिन अगाडी भन्सार एजेन्ट प्रतिनिधिको काम गर्दै आएका कुन्दन मण्डलको सामान नियन्त्रणमा लिएको घटना सेलाउन नपाउँदै अर्का एजेन्टको घटना समेत दोहोरिएको छ । विराटनगर भन्सार कार्यालयबाट जाँचपास भएर निस्किएको करिब ११ लाख रुपैयाँ बराबरको सामान बोकेको एक भारतीय नम्बर प्लेटको ट्याक्टरलाई प्रहरीले भन्सार छली गरेको आशंकामा बुधबार नियन्त्रणमा लिएको हो ।

यो घटना समेत यस अगाडी कुन्दन मण्डलको ट्याक्टर सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको जस्तै छ । विशेष सूचनाको आधारमा प्रहरीले उक्त ट्याक्टरलाई चालकसहित नियन्त्रणमा लिएर अनुसन्धान गर्दा सामान भन्सार एजेन्टका सहयोगी प्रतिनिधि अकबर अलीको रहेको पाइएको छ ।

प्रहरीले सामानसहित ट्याकटरको बारेमा थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय, इटहरीमा पठाएको छ । इलाका प्रहरी कार्यालय रानी, विराटनगरका प्रहरी निरीक्षक कविन राईको नेतृत्वमा खटिएको प्रहरी टोलीले विराटनगर १३ स्थित टेलिकम कार्यालय अगाडिबाट बीआर ३८ इ ७४२५ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिएको थियो । प्रहरी निरीक्षक राईले आशंमा नियन्त्रणमा लिएको मालवस्तुको अध्ययन गर्न राजस्व अनुसन्धान कार्यालय पठाइएको बताएका छन् ।

ट्याक्टरमा तुलसी गोल्ड पोलिस्टन थ्रेड, फिनिस लेदर, लेदर केमिकल, कटोक फेब्रिक्स लगायतका विभिन्न किसिमका सरसामानहरू थिए । भन्सार कार्यालयमा ती सामानहरूको कुल मूल्य १० लाख ९६ हजार ३७१ रुपैयाँ घोषणा गरिएको थियो । प्रहरीले ट्याक्टरका चालक भारत, बिहार राज्य अररिया जिल्ला जोगबनीका ३८ वर्षीय रोशन यादवलाई पनि नियन्त्रणमा लिएको छ । यो सामान भन्सार एजेन्टका सहयोगी अलीको संलग्नता रहेको आशंका छ । उनी बारम्बार यस्तो काम दोहो¥याउनेमा पर्दछन् । राजस्व अनुसन्धान कार्यालय इटहरीले प्रहरीले बुझाएको ट्याक्टर र सामानमाथि अनुसन्धान थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्