विराटनगर । औषधी व्यवस्था विभाग विराटनगरले अनुगमनको क्रममा दुईवटा फार्मेसी पसलमा शिलबन्दी गरेको छ । विभागले सोमबार विराटनगर ९ र १० मा रहेका १२ वटा फार्मेसीमा अनुगमन गरेको हो । जस क्रममा नियम विपरीत रहेका दुईवटामा शिलबन्दी गरिएको छ ।
अनुगमनको क्रममा औषधी व्यावस्था विभागको नियम विपरीत तथा आवश्यक कागजतपत्र नभेटेपछि टोलीले शिलबन्दी गरेको औषधी व्यावस्था विभागका फार्मेसी अधिकृत सन्देश पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार अनुगमनको क्रममा विराटनगर न्युरो हस्पिटल अगाडी रहेको ज्ञानु फार्मेसी र फेसबुक फार्मेसीमा शिलवन्दी समेत गरेको हो । अनुगमन टोलीले फार्मेसीबाट नियमविपरीतका औषधी र कागजपत्र नियन्त्रणमा लिएर विभागमा अनुसन्धानको लागि बोलाएको छ । विभागले यस अघि पनि विराटनगरका विभिन्न औषधी पसलहरुमा अनुगनमन गरी नियम विपरीतका फार्मेसीहरुलाई कानुनी दायरामा ल्याईसकेको छ ।


