आज बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

<span class='c1'>आज बैंकिङ प्रणालीबाट ३० अर्ब</span> <span class='c2'>रुपैयाँ झिक्दै राष्ट्र बैंक</span>

काठमाडौं । तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनका लागि प्रयोग हुने अल्पकालीन उपकरण निक्षेप संकलन मार्फत ४२ दिन का लागि उक्त रकम झिक्ने तयारी गरेको हो ।

राष्ट्र बैंकले पछिल्लो समय प्रत्येक आइतबार र बुधबार नियमित रूपमा बजारबाट तरलता झिक्ने कार्य गर्दै आएको छ । सोही क्रममा आज पनि अनलाइन बिडिङ प्रणालीमार्फत पैसा झिक्ने लागिएको हो । मध्यान्ह २ बजेदेखि अनलाइन बिडिङमा सहभागी भइ बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ तथा अधिकतम ५ करोडका दरले भाग जाँदा निःशेष हुने गरी कुल आह्वान रकमभित्र आवेदन दिन सक्नेछन् । यस्तो निक्षेप संकलनको साँवा तथा ब्याज भुक्तानी पुस २३ गते हुनेछ । राष्ट्र बैंकबाट इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र यस प्रणालीमा सहभागी हुन पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्