विराटनगर । मोरङको बिराटनगर महानगरपालिका–१७ मटेरुवा स्थितबाट स्रोत नखुलेको अबैध रकम सहित १ जनालाई पक्राउ गरीएको छ ।
मंसिर १७ गते कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपालतर्फ आउदै गरेको को २४ प ७९८४ नम्बरको मोटरसाईकल चालक बिराटनगर महानगरपालिका–१८ का रवि शाहले साथमा लुकाई छिपाई राखेको स्रोत नखुलेको ६ लाख ४९ हजार ५ सय नेपाली रुपैँया सहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनको इलाका प्रहरी कार्यालय रानीबाट आवश्यक थप अनुसन्धान भईरहेको छ ।