उत्तरी जापानमा ७.५ को भूकम्पपछि महाभुकम्पको सम्भावना

<span class='c1'>उत्तरी जापानमा ७.५ को</span> <span class='c2'>भूकम्पपछि महाभुकम्पको सम्भावना</span>

काठमाडौं । उत्तरी जापानमा ७.५ रेक्टरस्केलको शक्तिशाली भूकम्प गएको छ । स्थानिय समय अनुसार भूकम्प सोमबार राति ११ः१५ बजे आओमोरी प्रिफेक्चरको पूर्वी तट क्षेत्रमा केन्द्रित भएको थियो ।


भुकम्पपश्चात जापानी अधिकारीहरूले उक्त क्षेत्रमा सम्भावित ‘मेगाक्वेक’ अर्थात महाभुकम्पको जोखिमबारे चेतावनी दिएका छन् । यस्तो किसिमको महाभुकम्प आउने हो भने जापानको होक्काइडोदेखि लिएर चिबा प्रिफेक्चरसम्म र प्रशान्त तटमा ठूलो सुनामी आउन सक्ने बताइएको छ । सोही कारण जापानी सरकारले प्रशान्त तट क्षेत्रका स्थानिय बासिन्दालाई आगामी एक सातासम्म उच्च सतर्कतामा रहन भनेको छ । तर, हालका लागि अनिवार्य रूपमा खाली गर्नुपर्ने निर्देशन भने जारी गरिएको छैन । जापानको सावर्जनिक प्रसारक एनएचकेका अनुसार बिहान १ बजेसम्म आओमोरीमा कम्तीमा ६ जना घरभित्र लडेका वा सामान खसेर घाइते भएका छन् । यसैबीच, उत्तरी जापानको प्रशान्त तटका लागि जारी गरिएको सुनामी सम्बन्धी चेतावनी भने हटाइएको छ ।

इवाते प्रिफेक्चर तथा होक्काइडो र आओमोरीका केही भागका लागि सुनामी चेतावनी जारी गरिएको थियो । इवातेको कुजी बन्दरगाहमा ७० सेमी उचाइको सुनामी मापन गरिएको छ । होक्काइडोको उराकावा टाउनमा ५० सेमि, र आओमोरीको मुत्सुओगावारा बन्दरगाहमा ४० सेमी उचाइको सुनामी देखिएको छ ।
महाभुकम्पको सम्भावना रहेको भन्दै इष्ट जापान रेल कम्पनीले तोहोकु शिन्कान्सेन बुलेट ट्रेन सेवा मोरिओका र शिन–आओमोरीबीच रोकेको छ । रेलमार्गमा क्षति भएको छ कि भनेर निरीक्षण भइरहेको कम्पनीले जनाएको छ । सेवा स्थानीय समय अनुसार दिउँसो ३ बजेदेखि पुनः सुरु गर्ने योजना छ ।

जापानी सरकारले सोमबार राति प्रधानमन्त्री कार्यालयको संकट व्यवस्थापन केन्द्रमा आपतकालीन कार्यदल गठन गरेको छ । प्रधानमन्त्री साने ताकाइची ले प्रभावित क्षेत्रमा छिटो सूचना आदान–प्रदान, उचित रूपमा कुनै सुनामी वा खाली गर्नुपर्ने अवस्था भए तत्काल जानकारी दिने र क्षतिग्रस्त क्षेत्रको अवस्थाबारे यथाशीघ्र विवरण संकलन गर्न निर्देशन दिएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्