कोलकातामा लियोनल मेस्सीको ७० फिट अग्लो प्रतिमा तयार, डिसेम्बर १३ मा उद्घाटन

<span class='c1'>कोलकातामा लियोनल मेस्सीको ७० फिट अग्लो</span> <span class='c2'>प्रतिमा तयार, डिसेम्बर १३ मा उद्घाटन</span>

काठमाडौं । भारतको पश्चिम बंगालस्थित कोलकातामा अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीको ७० फिट अग्लो विशाल फलामे प्रतिमा निर्माण सम्पन्न भएको छ । हालसम्मकै सबैभन्दा ठूलो बताइएको मेस्सीको यो प्रतिमा दक्षिण दमदमको लेक टाउन क्षेत्रमा रहेको श्री भूमि स्पोर्टिङ क्लबले तयार गरेको हो ।

प्रतिमामा मेस्सीले फिफा विश्वकप ट्रफी समाइरहेको दृश्य देखाइएको छ, र हाल अन्तिम तहको फिनिसिङ कार्य भइरहेको क्लबले बताएको छ । प्रतिमाको बाहिरी क्षेत्र सजावटसहित अन्तिम तयारी भइरहेको जनाउँदै परियोजनामा संलग्न मोन्टी पॉलको टिमले फिनिसिङ कार्य गरिरहेको जानकारी दिएको छ । श्री भूमि स्पोर्टिङ क्लबका अध्यक्ष तथा पश्चिम बंगालका मन्त्री सुजीत बोसका अनुसार प्रतिमाको निर्माण कार्य जम्मा ४० दिनमै पूरा गरिएको हो । बोसले भने, ‘यो निकै ठूलो प्रतिमा हो, ७० फिट अग्लो । मेस्सीको यस्तो उचाइको प्रतिमा संसारमै छैन । मेस्सी कोलकाता आउँदै छन् । यहाँ उनका धेरै फ्यान छन् ।’
उनले म्याराडोना, इमिलियानो मार्टिनेज र रोनाल्डिन्हो जस्ता फुटबलका महान हस्तीहरू पनि यसअघि कोलकाता आइसकेको उल्लेख गर्दै श्री भूमिको यो परम्परा निरन्तर रहँदै आएको बताए । उनका अनुसार मेस्सीको प्रतिमा निर्माण गर्ने प्रेरणा म्याराडोनाको प्रतिमा बनेपछि आएको हो । आगामी २०२६ मा हुसने विश्वकपको सन्दर्भमा यस प्रतिमालाई विशेष मानिएको उल्लेख गर्दै उनले मेस्सी स्वयंले पनि यसलाई मन पराउने विश्वास व्यक्त गरेका छन् ।

बोसका अनुसार प्रतिमाको भर्चुअल उद्घाटन डिसेम्बर १३ मा हुनेछ, किनकि मेस्सी सुरक्षा कारणले व्यक्तिगत रूपमा उपस्थित हुन नसक्ने भएका छन् । स्थानीय फुटबलप्रेमीहरूले मेस्सीको प्रतिमा देख्न पाउनु, र भर्चुअल रूपमा मेस्सी सहभागी हुने जानकारीले आफूहरूमा ठूलो उत्साह रहेको बताएका छन् । एक प्रशंसकले भने, ‘मेस्सी यहाँ आउँदैछन् भन्ने सुन्नु नै ठूलो कुरा हो । यो प्रतिमा हाम्रो अभिमान हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्