नोबेल नहरमा गफ गरिरहेका दुईजना पक्राउ, चेकजाँच गर्दा साथमा ब्राउन सुगर

<span class='c1'>नोबेल नहरमा गफ गरिरहेका दुईजना पक्राउ,</span> <span class='c2'>चेकजाँच गर्दा साथमा ब्राउन सुगर</span>

विराटनगर । विराटनगर–४ स्थित नोबेल नहर अगाडी गफ गरिरहेका दुई व्यक्तिलाई शंका लागेर प्रहरीले नियन्त्रणमा लिइकन चेकजाँच गर्दा साथमा ब्राउन सुगर फेला परेको छ । ब्राउन सुगर साथमा रहेका एक व्यक्ति मोटरसाइकलमा थिए, अर्का व्यक्ति समेत मोटरसाइकलमै थिए । उनीहरु दुवैलाई प्रहरीले मार्क गरेरबिहीबार दिउँसो विराटनगर महानगरपालिका–४ नोबेल अस्पतालनजिकबाट पक्राउ गरेको हो ।

लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको संयुक्त टोलीले सुनसरीको हरिनगरा गाउँपालिका–७ का ५२ वर्षीय हबिब खाँ र हरिनगरा–४ का ३० वर्षीय इरसाद आलमलाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमध्ये हबिबको साथबाट १ सय ३१ ग्राम खैरो हेरोइन बरामद भएको मोरङ प्रहरीका डीएसपी कोपिला चुँडालले जानकारी दिइन् । प्रहरी पुग्दा दुवै जना सडक छेउमा मोटरसाइकल रोकेर गफ गरिरहेका देखिन्थे । पक्राउ परेकाले प्रयोग गरेको को २७ प ६४८१ र बीआर १९ वाई ९५३ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

यीमध्ये आलम भारतीय नम्बर प्लेटको मोटरसाइकलका चालक हुन् । दुवै जनाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्