नेपालमा ‘वाक इन द टक’ को ठूलो समस्या : अर्थमन्त्री

<span class='c1'>नेपालमा ‘वाक इन द टक’</span> <span class='c2'>को ठूलो समस्या : अर्थमन्त्री</span>

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले कानुनको पालनामा सबैको कटिबद्धता नहुँदा नेपालमा सुशासन स्थापना हुन नसकेको बताएका छन् । नेपाल जन–प्रशासन संघको २६ औं वार्षिक साधारण सभा तथा २१औं राष्ट्रिय सम्मेलन–२०८२ का अवसरमा बोल्दै उनले रुल अफ ल लागू गर्नुपर्नेमा जोड दिएका हुन् । उनले भने, ‘कानुन परिपालना गर्ने कुरामा कोही पनि कटिबद्ध छैन । अहिले हामीले स्थापित गर्नुपर्ने भनेको रुल अफ ल हो । त्यसको विकल्प छैन तर त्यो गर्न सकिएको छैन । रुल अफ ल भनेको अत्यन्त महत्वपूर्ण कुरा हो । अहिले हामीले स्थापित गर्नुपर्ने भनेको रुल अफ ल हो । त्यसको विकल्प छैन तर त्यो गर्न सकिएको छैन ।’ साथै खनालले बोलेका कुरा सबै लागु गर्न सके मात्र आशा गरेअनुसारको परिवर्तन सम्भव रहेको बताए । उनले बोलेका कुरा कतिपय अवस्थामा पूरा गर्न नसकिने उल्लेख गर्दै प्रणालीमा ‘वाक इन द टक’को ठूलो समस्या रहेको बताए ।

उनले भने, ‘सैद्धान्तिक कुराको नेपालमा त्यति मान्य छैन । हामीले के गर्छौं व्यवहारमा त्यो मान्य लाग्छ । जे बोल्छौं त्यहि गर्नको निम्ति कतिपय अवस्थामा सक्दैनौं । प्रणालीमा ‘वाक इन द टक’ को ठूलो समस्या छ । कुनै पनि दायित्व नलिइकन गर्यो भने गर्न सकिन्छ तर त्यही कुरा दायित्व लिएर गर्यो भने गर्नै सकिँदैन । गर्न सकिने कुरा मात्र बोल्ने, र बोलेको कुरा सबै गर्ने यदी हामीले गर्न थाल्यौं भने हाम्रो जेनजीले आशा गरे अनुरुपको परिवर्तन सम्भव छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्