हुण्डि कारोबार आरोपमा विराटनगर १५ स्थित पेट्रोलपम्प सञ्चालक अग्रवाल पक्राउ

<span class='c1'>हुण्डि कारोबार आरोपमा विराटनगर १५</span> <span class='c2'>स्थित पेट्रोलपम्प सञ्चालक अग्रवाल पक्राउ</span>

विराटनगर । प्रहरीले हुण्डि कारोबार गरेको आरोपमा विराटनगर–१५ स्थित सुनसरी ट्रेडिङ सेन्टरका सञ्चालक अरबिन्द अग्रवाललाई नियन्त्रणमा लिइएको छ । इन्धनको कारोबारमा शंकास्पद रहेको आरोप लाग्दै आएका अग्रवाललाई आइतबार स्रोत नखुलेको छ लाख नगदसहित प्रहरीले पक्राउ गरेको हो ।

उनलाई पक्राउ गर्नुभन्दा अगाडी अवैध रुपमा रकम बोकेर भारतबाट नेपालतर्फ भित्रिएको सूचना प्रहरीले पाएको थियो । विराटनगर–६ घर भएका अग्रवाल भारतबाट प्रदेश नम्बर.१–०४–००१ च.०१६४ नम्बरको सेतो कारमा छ लाख रकम लिएर आउँदै गरेको सुचना पाएपछि प्रहरी सहायक निरीक्षक नवराज कार्कीको कमाण्डमा खटिएको टोलिले उनलाई पक्राउ गरेको हो । पक्राउ पर्दा उनी विराटनगर–१५ स्थित उनको आफ्नै पेट्रोलपम्प अगाडी आइपुगेका थिए ।

कारमा हुण्डी रकम ओसारपसार हुने गरेको सुचना पाएपछि प्रहरीले उनीमाथि निगरानी बढाएको थियो । प्रहरीले उनलाई रानीबाट पिछा गर्दै आउँदा सुनसरी ट्रेडिङ सेन्टर (पेट्रोल पम्प) रोकिएको थियो । त्यसपछि चालक ओर्लिएर हातमा कालो रंगको प्लाष्टिकको पोका लिएपछि प्रहरीले नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिने क्रममा उनी भाग्न खोजेका थिए । पेट्रोल पम्पको अफिस भित्रतर्फ भाग्न खोज्दा उनलाई नियन्त्रणमा लिएर रकमको स्रोत बारे सोधपुछ गरिएको थियो ।

उनको साथबाट हजारका ४०० थान र पाँचसयका ३६० थान, १०० को २०० थान गरी ६ लाख बरामद भएको छ । अग्रवालसहित उनी सवार गाडीसहित इलाका प्रहरी कार्यालय रानीले अनुसन्धान गरिरहेको छ । इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक कविन राईले सुचनाका आधारमा नियन्त्रणमा लिएर कार्यालयमा आएपछि उनी पेट्रोलपम्प सञ्चालक रहेको खुलेको बताए । सुनसरी ट्रेडिङ सप्लायर्स लगायतका पेट्रोलपम्प चलाइरहेका उनलाई २०७३ सालमा तत्कालीन आपूर्तिमन्त्री शिवकुमार मण्डलले विज्ञको रूपमा नियुक्त गरेका थिए । २०७४ सालमा तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले उनलाई हटाए तर अग्रवाल अदालतबाट मुद्दा जितेर फर्किए । २०७७ माघ महिनामा सञ्चालक समिति सदस्य अरबिन्द अग्रवाल बिदा भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्