बन्दैछ विराटनगर–२ को सोमबारे हाट, हट्ला त सडकको ‘हटिया ढाट’

<span class='c1'>बन्दैछ विराटनगर–२ को सोमबारे हाट,</span> <span class='c2'>हट्ला त सडकको ‘हटिया ढाट’</span>

विराटनगर । विराटनगर महानगरपालिका–२ शंकरपुरमा सोमबार सडक पार गर्न मुस्किल पर्छ । सहरमा हटिया लाग्ने सार्वजानिक स्थानको विकल्प नहुँदा सोमबार यो स्थानमा सडकमै हाट लाग्छ । सडक जाम हुन्छ । सोमबार हाट लाग्ने भएकोले शंकरपुरको नाम नै सोमबारेमा रुपान्तरण भइसकेको छ । तर, हाट लागेका दिन हटियाकै भीड ढाट लागे जस्तो हुन्छ । ठूला सवारी पार हुने त कुरै छोडौं, साना चारपाङ्ग्रे तथा दुईपाङ्ग्रे सवारी पार लगाउन समेत मुस्किल पर्छ । यो अनुभव धेरैले गरेका छन् । तर, अनुभव गर्नेहरुले पनि तरकारी खरिद गर्दा कतै पार्किङ गरेर भन्दा हटिया लागेको सडकमै रोकिदिन्छन् ।

सडक नै छेकिने गरी लाग्ने हटियाका लागि वैकल्पिक व्यवस्थापन गर्ने ठाउँ नभएपछि विराटनगर महानगरपालिकाले अहिले फुटपाटलाई व्यवस्थित गर्ने र सडकबाट व्यापारी पछाडी सार्ने योजना लिएको छ । त्यसका लागि मानगरपालिकाले विराटनगर–२ सोमबारे हटिया–मुनालपथ सडक तथा फूटपाथ—नाला–कल्भर्ट–ट्रिकडेन–इन्टरलक ब्लक–कर्बस्टोन आरसिसी ढलानसहितको काम गरिरहेको छ । महानगरपालिकाले सोमबारे हटिया क्षेत्रको १ मिटरदेखि ३ मिटरसम्म चौडाईको फुटपाथमा इन्टरलक लगाउने छ । त्यसभन्दा अगाडी सडक र फुटपाथलाई कर्बस्टोनले छुट्याइने छ । अन्य दिन त्यो स्थानमा बस्न तथा घुमडुल गर्न सहज हुने हुनेछ । हटियाका दिन नालामाथिको भागसहित फुटपाथमा मेला लाग्नेछ । विराटनगर महानगरपालिकाका इन्जिनियर सुजन श्रेष्ठका अनुसार सडक खाली हुने गरी फुटपाथ निस्कने छ । व्यापारीलाई सडकमा सामान फिजाउन दिइने छैन । अहिले झारजंगल भएको क्षेत्रलाई व्यवस्थित बनाएर इन्टरलक लगाई दिएपछि त्यहिं बसेर व्यापार चलाउन सहज हुने विश्वास राखिएको छ ।

महानगरपालिकाले यसको काम अघिल्लो वर्षदेखि नै सुरु गरेको हो । जसका लागि एक करोड १० लाख ४४ हजार लागत अनुमान गरिएको थियो । तर, सान्बी बिल्डर्स प्रा.लि.ले ८२ लाख ५० हजारमा निर्माण सम्झौता गरेको हो । सुरु सम्झौता २०८१ चैत २८ गत भएको थियो । जसमा २०८२ मंसिर २९ गतेसम्ममा सम्पन्न गर्नुपर्ने म्याद उल्लेख भएको थियो । तर, निर्माण कम्पनीले भदौको जेनजी आन्दोलनलाई देखाएर म्याद थप गराएको छ । अब २०८३ जेठ मसान्तसम्मलाई सम्पन्न अवधी तोकिएको छ ।

अहिलेसम्म निर्माण कम्पनीले ३० प्रतिशत भुक्तानी लिएको भएपनि काम भने ५० प्रतिशत सम्पन्न भएको इन्जिनियर श्रेष्ठले जानकारी दिएका छन् । निर्माण कम्पनीले हप्तामा दुई दिन काम अवरोध बेहोर्नु परिरहेको गुनासो गर्दै आएको छ । शनिबार सार्वजानिक विदामा काम गर्नेहरु नआउने सोमबार हटिया लाग्ने भएकाले काम गर्न नपाउने समस्या रहेको बताइएको छ । यो सडक स्तरोन्नतीसँगै रात्रीकालिन सडक बत्तिको समेत व्यवस्थापन हुने ठेक्कामा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्