विराटनगर । कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादीलाई प्रहरीले नौवर्षपछि पक्राउ गरेको छ । मोरङको मिक्लाजुङ गाउँपालिका–५ बस्ने ४६ वर्षीय डिग बहादुर राईलाई प्रहरीले पक्राउ गरेर कानुनी दायरामा ल्याएको हो ।
जिल्ला अदालत मोरङले २०७३ चैत २७ गते राईलाई कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजायको फैसला सुनाएको थियो । दोषी ठहर भएपछि उनी नौवर्षसम्म घरमै बसिरहे छ ।
प्रहरीका अनुसार उनलाई पुस १६ गते जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले लुकिछिपी आफ्नै घर वतनबाटै नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएका उनलाई अदालतमा उपस्थित गराएर कारागार चलान गरिएको छ ।