विराटनगरको भिन्तुना गजलमा किशोरीलाई बन्धक बनाएर यौनधन्दा गराउने दुई पक्राउ

<span class='c1'>विराटनगरको भिन्तुना गजलमा किशोरीलाई बन्धक</span> <span class='c2'>बनाएर यौनधन्दा गराउने दुई पक्राउ</span>

विराटनगर । विराटनगर–११ रोडशेषस्थित ‘भिन्तुना गीत गजल’मा १६ वर्षीया किशोरीलाई बन्धक बनाएर यौनधन्दामा लगाएको आरोपमा मोरङ प्रहरीले दुईजनाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही होटलका सञ्चालक विराटनगर १२ का ३३ बर्षिय पर्शुराम कामत र विराटनगर ८ का २६ वर्षीय मनिष ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय मोरङ प्रहरी प्रवक्ता डिएसपी कोपिला चुडालले जानकारी दिनुभयो ।

डिएसपी चुडालका अनुसार, गजलमा काम गर्ने किशोरीलाई भारतीय नागरिकहरूसँग यौनजन्य क्रियाकलाप गर्न बाध्य पार्ने र शारीरिक यातना दिने गरेको उजुरीपछि प्रहरीले नियन्त्रणमा लिएको हो।
झापा घर भएकी ती किशोरी विगत पाँच महिनादेखि उक्त गजलमा काम गर्दै आएकी थिइन् ।

गजल सञ्चालक र त्यहाँ कार्यरत अर्का व्यक्ति मिलेर उनलाई एउटा कोठामा बन्धक बनाई शारीरिक यातना दिने तथा भारतीय ग्राहकसँग यौनसम्पर्क राख्न लगाउने गरेको खुलेको छ । सोमबार पनि आफुलाई सोही होटलको एक कोठामा बन्धक बनाएर राखेपछि प्रहरीलाई किशोरीले खबर गरेकी थिईन् । गोप्य सूचनाका आधारमा तत्काल वडा प्रहरी र बखरी प्रहरीको टोलीले पीडित किशोरीलाई ३ बजे तिर उद्धार गरेको थियो । पक्राउ परेका दुवै जनामाथि मानव बेचबिखन तथा शरीर बन्धक कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्