पिच फेस्ट १.० मा उत्कृष्ट नवउद्यमीहरू नगदसहित पुरस्कृत

<span class='c1'>पिच फेस्ट १.० मा</span> <span class='c2'>उत्कृष्ट नवउद्यमीहरू नगदसहित पुरस्कृत</span>

विराटनगर । नेपाल उद्योग परिसंघ कोशी प्रदेश अन्तरगतको युवा समितिले आयोजना गरेको ‘पिच फेस्ट १।०’ मा उत्कृष्ट उद्यम योजना प्रस्तुत गरेका उनीहरू शनिबार विराटनगरमा नगदसहित पुरस्कृत भएका हुन् ।

नवप्रवर्तनका योजनाहरूमध्ये सर्वोत्कृष्ट भएको सल्फोराले नगद १ लाख रुपैयाँ प्रोत्साहन पुरस्कार प्राप्त गरेको छ । त्यसैगरी दोस्रो भएको अमर आर्टस्ले ५० हजार र तेस्रो भएको सोल्भीले ३० हजार रुपैयाँ प्राप्त गरेको जनाइएको छ ।

उनीहरूलाई परिसंघका केन्द्रीय उपाध्यक्ष भीम घिमिरे, कोशी प्रदेश अध्यक्ष पवनकुमार सारडा, वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडालगायतले पुरस्कार र प्रमाणपत्र प्रदान गरेका हुन् ।

परिसंघको आह्वानबमोजिम छनौट भएका २० वटा नवप्रवर्तन योजनामध्ये अन्तिम प्रतिष्पर्धाका लागि ८ वटा छनौट भएका थिए । ८ वटा योजनामध्येबाट शनिबार उत्कृष्ट तीनवटा नवउद्यमलाई पुरस्कार प्रदान गरिएको जनाइएको छ ।

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति डा।विजु थपलिया, विकल्प एन अन्टरनेटिभका निर्देशक बसन्त अधिकारी, कार्भिका थापा र प्रतिक राउतको प्यानलले आठवटै नवप्रवर्तन योजनाको प्रस्तुतिका आधारमा उत्कृष्ट तीन जना छनौट गरेका थिए ।

कार्यक्रमको उद्घाटन कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राइल मन्सुरीले गरेका थिए । उनले प्रदेश सरकारले समेत नवप्रवर्तनलाई सहयोग गर्ने प्रतिवद्धता जनाए ।

परिसंघका कोशी अध्यक्ष सारडाले प्रोत्साहनका लागि उत्कृष्ट उद्यमीलाई नगद पुरस्कार प्रदान गरिएको जानकारी दिए । उनले भविष्यमा सफल नवउद्यमी बनाउन कार्यक्रम फलदायी भएको बताए ।

उत्कृष्ट भएका तीन नवउद्यमीले परिसंघको राष्ट्रिय युवा समितिले काठमाडौंमा आयोजना गर्ने कार्यक्रममा समेत सहभागिता जनाउने परिसंघका महानिर्देशक विजयहरि शर्माले जानकारी दिए ।

नविल बैंक, सिएसआईटी एसोसिएसन र काफल इभेन्ट म्यानेजमेन्टसँगको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्