विराटनगरमा नागरिकबीच चुनाव चर्चा, चिल्ला कुरा र नमस्कारले पुग्यो

<span class='c1'>विराटनगरमा नागरिकबीच चुनाव चर्चा, चिल्ला</span> <span class='c2'>कुरा र नमस्कारले पुग्यो</span>

स्वस्तिका भट्टराई
विराटनगर । आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन तयारी भइरहेको छ । निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतको नियुक्त र निर्वाचन सञ्चालन तथा व्यवस्थापन अभिमुखीकरण कार्यक्रम समेत आयोजना गरिरहेको छ । माघ २ गते देशका ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने तयारी रहेको छ ।

निर्वाचनको यति धेरै तयारी भइरहेका बेला विराटनगरका सर्वसाधारणको धारणा अलग–अलग पाइएको छ । सहरी क्षेत्रका मतदातामा निर्वाचन किन हुन लागेको भन्ने कुरा अझैसम्म जानकारी नभएकोदेखि मतदानमा सहभागी हुन नपरे हुन्थ्यो भन्ने मनोविज्ञान समेत देखिन्छ । यसैगरी केहिमा भने निर्वाचन किन हुन लागेको भन्ने कारणदेखि कसलाई भोट दिने भन्नेसम्म स्पष्टता छ ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा धेरै नेताहरुका घरमा अथाह कालो धन भेटिएको भन्ने कुराले धेरैको मनोविज्ञानमा नेताले भ्रष्टचार गर्ने गरेको मत हावी देखिन्छ । उनीहरुले निर्वाचन अगाडी चिल्ला कुरा गर्दै नमस्कार गर्ने दलका नेताहरु चुनावपछि नआउने गुनासो गरेका छन् । विराटनगर १७ निवासी श्यामकृष्ण डंगोलले जेनजी आन्दोलनका क्रममा नेताका घरमा देखिएको पैसाले उनीहरुको नियत प्रष्ट पारेको भन्दै आफ्नो आक्रोश पोखे । उनी पेसाले सुरक्षा गार्ड हुन् । ‘मतदान गर्नुको पनि केहि औचित्य छैन’ डंगोलले भने–मैले भरोसा गरेका नेतासँग जेनजी आन्दोलनसँगै भरोसा टुट्यो । उनले नयाँ भनिएका दलहरु नागरिकसम्म आइनपुगेको बताए । भरोसायोग्य जस्तो लागेमा व्यक्ति हेरेर मतदानमा सरिक हुने उनको भनाई छ ।

विराटनगर ११ का स्थानीय प्रकाश बस्नेतलाई फागुन २१ गते निर्वाचन हुनेमा अझै विश्वास छैन । उनी निर्वाचन मिति सर्नेमा ढुक्क रहेको बताउँछन् । पुराना दलहरुले सुशासन दिन नसक्दा जेनजी आन्दोलन उत्पन्न भएको र त्यसपछि निर्वाचन हुन लागेको उनले सुनाए । उनी वैदेशिक रोजगारीबाट भर्खरै फर्किएकोले निर्वाचनसम्ममा कसलाई मतदान गर्ने भन्ने ठहर गर्ने बताए । मताधिकारमा स्वविवेक प्रयोग गर्ने उनले बताए ।

यसैगरी विराटनगर ११ का सोहन भट्टराई, निर्वाचन हुने हल्ला भएपनि हुन्छ नै भन्ने यकिन गर्न नसक्ने स्थितिमा रहेको बताउँछन् । उनले निर्वाचन हुँदा यस पटक नयाँ दललाई हेर्नुपर्ने मनस्थिति बनाएको सुनाए । उनले निर्वाचनपछि देशले राम्रो लय समात्ने आसा राखेको सुनाए । यद्यपी उनी विश्वस्त भने छैनन् । विराटनगर–१८ घर भई विराटनगर १२ मा काम गर्दै आएकी ज्योति चौधरीले नागरिकता नहुँदा अहिलेसम्म मताधिकार प्रयोग गर्न नपाएको गुनासो गरिन् । उनले आफ्ना श्रीमान्ले मतदान गर्ने भएकोले कुन पार्टी रोज्ने हो भन्ने थाहा नभएको सुनाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्