विराटनगर–१८ मा नहरले फोहोर बढाएको स्थानीयको गुनासो

<span class='c1'>विराटनगर–१८ मा नहरले फोहोर</span> <span class='c2'>बढाएको स्थानीयको गुनासो</span>

विराटनगर । विराटनगर महानगरपालिका वडा नं १८ झठियाई गाउँ नजिक भएर बग्ने नहरमा फोहर भएपनि सरसफाई नभएकोमा स्थानीय पिरोलिएका छन् । फोहोरले वातावरण प्रदुषित बनाएकोले स्थानीयवासीलाई दैनिक आवतजावतमा समेत कठिनाइ हुँदै आएको उनीहरुको गुनासो छ ।

स्थानीयका अनुसार नहर सफा गर्न माग गर्दै वडा अध्यक्षलाई पटक–पटक जानकारी गराए पनि अहिलेसम्म कुनै ठोस पहल नभएको गुनासो गरेका छन्। वडा अध्यक्षको सक्रियता नदेखिएको आरोप छ । नहरको छेउछाउमा १० देखि १५ घर बसोबास गर्दै आएका छन् । नहर नजिकै घर भएका कारण फोहरबाट उत्पन्न किरा र लामखुट्टे घरभित्र पस्ने गरेको स्थानीयले बताए। स्थानीय आदित्य थापाका अनुसार वडा अध्यक्षलाई कुनै पनि समस्याबारे जानकारी गराउँदा प्रायः चासो नलिने गरेको बताए । साथै, वडाभरका अधिकांश पोलमा जडान गरिएका बत्तीहरू बिग्रिएको महिनौँ बितिसक्दा पनि नयाँ बत्ती जडान हुन नसकेको उनले बताए।

उनका अनुसार वडा नं १८ मा अहिलेसम्म कुनै उल्लेखनीय विकास हुन नसक्नु चिन्ताको विषय बनेको छ। “बाटो राम्रो छैन, पोलमा बत्ती छैन, फोहर व्यवस्थापन हुन सकेको छैन, शिक्षा र स्वास्थ्यको अवस्था समेत दयनीय छ,” थापाले भने । यता वडा नं १८ का अध्यक्ष जितेन्द्र कुमार साहले नहरमा दुई दिनअघि पानीसँगै बगेर आएको फोहर जम्मा भएको दाबी गर्दै भोलिदेखि नै सरसफाइ सुरु गरिने बताए। सडक बत्तीको विषयमा आफूलाई जानकारी नभएको भन्दै बिग्रिएका स्थानमा प्राविधिक टोली पठाएर बत्ती मर्मत गरिने उनले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्