हनुमान जयन्तीदेखि विराटनगरको हनुमान मन्दिरमा सन्ध्या आरती

<span class='c1'>हनुमान जयन्तीदेखि विराटनगरको हनुमान</span> <span class='c2'>मन्दिरमा सन्ध्या आरती</span>

सोनु कुमार साह
विराटनगर । विराटनगरमा धार्मिक तथा पर्यटकीय गतिविधि प्रवर्द्धन गर्ने उद्देश्यसहित अर्को सन्ध्याकालीन आरतीस्थलको निर्माण सम्पन्न भएको छ। विराटनगर महानगरपालिकाले विराटनगर–२ स्थित हनुमान मन्दिर परिसरमा आकर्षक सन्ध्याकालीन आरतीस्थलसहितका संरचना निर्माण पूरा गरेको हो।


यसअघि सामाजिक पहलमा विराटनगर–१९ मा महाशिव गंगा आरती र विराटनगर–१ मा परमार्थ सिंघीया आरती एक वर्षदेखि सञ्चालन हुँदै आएका छन्। नयाँ आरतीस्थल हनुमान जयन्तिको दिनदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याइने वडा नं २ का अध्यक्ष कुमार पोखरेलले जानकारी दिए।

हनुमान मन्दिर परिसरमा महानगरपालिकाले ३ करोड ९४ लाख ११ हजार १२८ रुपैयाँ लागतमा आरतीस्थलसहितका विभिन्न संरचना निर्माण गरेको हो। हालसम्म सम्पूर्ण रकम भुक्तानी नभएको अध्यक्ष पोखरेलले बताए। महानगरपालिकाले यस आरतीस्थललाई धार्मिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य लिएको छ।


महानगरपालिका योजना महाशाखाका इन्जिनियर तथा योजना साइट इन्जिनियर सुजन श्रेष्ठका अनुसार सम्पूर्ण भौतिक संरचना निर्माण सम्पन्न भई निर्माण व्यवसायीले मन्दिर समितिलाई हस्तान्तरण गरिसकेको छ। अब आरतीस्थल हनुमान मन्दिर सेवा तथा संरक्षण समितीको स्वामित्वमा सञ्चालन हुनेछ। मन्दिरको रेखदेख, पुजापाठ तथा आरती सञ्चालन समितीले गर्नेछ र यसका लागि कुनै शुल्क नलाग्ने जनाइएको छ। इच्छुक दाताले सेवा स्वरूप दान गर्न सक्ने व्यवस्था गरिएको छ।

आरतीस्थल सञ्चालनमा आएपछि प्रत्येक हप्ताको मंगलबार साँझ नियमित आरती गरिनेछ। साथै बजरंगबलीसँग सम्बन्धित विशेष दिनहरूमा समेत विशेष आरती आयोजना गरिने समितीले जनाएको छ।


हनुमान मन्दिर परिसरमा विवाह मण्डप, आरती प्याभिलियन, प्रवेशद्वार, लाइटिङ, पोखरी, आरती कुण्ड लगायतका संरचनाहरू निर्माण भइसकेका छन्। अभियान्डिविशा जेभीले बहुवर्षे योजना अन्तर्गत २०७९ मा ३ करोड ९४ लाख ११ हजार १२८ रुपैयाँ मा ठेक्का सम्झौता गरेको थियो। २०८१ माघसम्म सम्पन्न गर्नुपर्ने योजना पाँच महिनाको म्याद थपपछि सम्पन्न भएको हो।

यस परिसरका केही संरचनाहरू स्थानीय दाताहरूको सहयोगमा निर्माण गरिएको छ। मन्दिर र आरतीस्थल सिँगारिएपछि परिसरमा छुट्टै रमझम देखिएको र रातिकालीन दृश्य निकै आकर्षक बनेको स्थानीयवासी बताउँछन्। मंगलबारका दिन मन्दिरमा भक्तजनको उल्लेखनीय भीड लाग्ने गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्