कांग्रेस विशेष महाधिवेशन : राति ९ बजेदेखि मतदान, सभापतिका लागि ३० हजार शुल्क

<span class='c1'>कांग्रेस विशेष महाधिवेशन : राति ९ बजेदेखि</span> <span class='c2'>मतदान, सभापतिका लागि ३० हजार शुल्क</span>

काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशन निर्वाचन समितिले निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । निर्वाचन समितिले मतदाता नामावली प्रकाशन,मतदाता नामावली उपरको दावी विरोध,मनोनयन दर्तादेखि मतपरिणाम घोषणसम्मको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । जसअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आजै राति ९ बजेदेखि मतदान हुनेछ ।

निर्वाचन कार्यतालिकाअनुसार मंगलबार दिउँसो १२ः३० बजे प्रथम मतदाता नामावली प्रकाशन,१२ः३० देखि १ः३० बजेभित्र मतदाता नामावली उपरको दावी विरोध र सो उपर छानविनको समय तोकेको छ । यस्तै २ बजे अन्तिम मतदाता नामावली प्रकाशन,२ बजेदेखि ३ बजेसम्म मनोनय पत्र दर्ताको समय निर्धारण गरेको छ ।

कार्यतालिका अनुसार ४ः३० बजे उम्मेदवारको नेपाली वर्णानुक्रमाअनुसार देवनागरिक लीपीमा प्रथम नामावली प्रकाशन हुनेछ । यस्तै ४ः३० देखि ५ बजेसम्म उम्मेदावरीमाथि दावी विरोध,५ बजेदेखि ५ः३० सम्म उम्मेदवारीमाथिको दावी विरोधको छानविन, ५ः३० देखि ७ः३०सम्म उम्मेवारको मनोनयन दर्ता फिर्ता, ८ः४५ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन र ९ बजेदेखि मतदान सुरू हुनेछ ।

यसैगरी नेपाली कांग्रेसको विशेष केन्द्रीय महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि मनोनयन पत्र दर्ता शुल्क समेत तोकिएको छ । केन्द्रीय निर्वाचन समितिले निर्वाचन निर्देशिका, ०८२ को अनुसूची–७ बमोजिम विभिन्न पदका लागि मनोनयन शुल्क निर्धारण गरेको हो ।

निर्वाचन समितिका अनुसार सभापति पदका उम्मेदवारले मनोनयन दर्ता गर्दा ३० हजार रुपैयाँ शुल्क बुझाउनुपर्नेछ । त्यस्तै केन्द्रीय उपसभापति र महामन्त्री पदका लागि २५ हजार रुपैयाँ, सहमहामन्त्री पदका लागि २० हजार रुपैयाँ तथा केन्द्रीय सदस्य पदका लागि १० हजार रुपैयाँ शुल्क तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्