विराटनगर । नियमित चेकजाँचका क्रमका मुटुको भल्ब बन्द भएको पाइएपछि विराटनगरस्थित विराट नर्सिङ होम र विराट मेडिकल कलेजका संचालक एवं बरिष्ठ चिकित्सक डा। ज्ञानेन्द्रमानसिंह कार्कीको ओपन हार्ट सर्जरी सफल भएको छ । एक साताअघि समस्या देखिएपछि उनी भारतको दिल्लीस्थित मेदान्त अस्पतालमा उपचारका लागि पुगेका थिए । उनको बन्द भएको मुटुको भल्बको ‘ब्लकेज’ अपरेशनपछि खुलेका कारण स्वास्थ्यलाभ भइरहेको जनाइएको छ ।
डा कार्कीले समेत आफ्नो स्वास्थ्यमा व्यापक सुधार भएको जानकारी भिडियो सन्देशमार्फत दिएका छन् । उपचारका क्रममा स्वास्थ्यलाभ गरिरहेका डा। कार्कीले मेदान्तकै बेडबाट भिडियो सन्देश जारी गरेका हुन् । अहिले उनको स्वास्थ्य अवस्था सुधार हुदै गईरहेको छ ।