उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टी(युनाईटेड जेनजी)बीच एकता

<span class='c1'>उज्यालो नेपाल पार्टी र राष्ट्रिय</span> <span class='c2'>परिवर्तन पार्टी(युनाईटेड जेनजी)बीच एकता</span>

ठमाडौं । उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टी(युनाईटेड जेनजी)बीच एकता भएको छ ।
बिहीबार एक कार्यक्रमकाबीच उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ र राष्ट्रीय परिवर्तन पार्टीका अध्यक्ष राजेश पोर्तेलले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।पार्टीका एकता कार्यक्रममा बोल्दै अध्यक्ष घिसिङले उज्यालो नेपाल पार्टी जेनजी आन्दोलनपछि उदाएको सबैभन्दा नयाँ पार्टी भएको दाबी गरे ।

जेनजी आन्दोलनले जन्माएको राष्ट्रिय परिवर्तन र उज्यालो पार्टी एकता भएको जानकारी गराउँदै उनले अब उज्यालो पार्टी नयाँ शक्तिको रुपमा उदाएको बताए ।

उनले भने,‘यो उज्यालो नेपाल पार्टी जेनजी आन्दोलनपछि उदाएको सबैभन्दा नयाँ पार्टी हो । यो आन्दोलनले जन्माएको पार्टी हो । योसँगै राष्ट्रिय परिवर्तन पार्टीपनि नयाँ पार्टी हो । यी आन्दोलनले जन्माएको दुई नयाँ पार्टी मर्ज भएको छ । यो उज्यालो पार्टी नै नयाँ शक्तिको रुपमा उदाएको छ ।’उनले जेनजीहरुको भावना र मागलाई सम्बोधन गर्ने नयाँ जोशकासाथ आफू अगाडि बढ्ने प्रतिबद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्