बाल्यकाल थारु समुदायमै वितेकाले माघी पर्व विशेष लाग्छ : प्रधानमन्त्री

<span class='c1'>बाल्यकाल थारु समुदायमै वितेकाले माघी</span> <span class='c2'>पर्व विशेष लाग्छ : प्रधानमन्त्री</span>

काठमाडौं । प्रधानमन्त्री शुसीला कार्कीले आफ्नो बाल्यकाल थारु समुदायमा बितेको भन्दै थारु परिवार आफ्नै लाग्ने बताएकी छिन् । बिहीबार काठमाडौंमा थारु समुदायले मनाएको माघी पर्वको अवसरमा बोल्दै उनले थारु भान्सामा पाक्ने प्रत्येक परिकारको स्वाद आफ्नो जिब्रोमा भिजेको भन्दै त्यसैले माघी पर्व आफ्नो लागि पनि विशेष पर्व रहेको बताइन् ।

उनले भनिन्, ‘मलाई थारु परिवार आफ्नै हुन् जस्तो लाग्छ । मेरो बाल्यकाल थारु समुदायका साथीहरुसँगै बितेको छ । थारु भान्सामा पाक्ने प्रत्येक परिकारको स्वाद मेरो जिब्रोमा भिजेको छ । त्यसैले माघी पर्व मेरो लागि पनि विशेष पर्व हो ।’त्यस्तै उनले वर्तमान समयमा विश्वास, सद्भाव र सहकार्यका माध्यमबाट मुलुकलाई शान्ति स्थायीत्व र समृद्धितर्फ अग्रसर गराउनु राष्ट्रिय आवश्यकता बनेको धारणा राखिन् ।

‘आजको समय विश्वास सद्भाव र सहकार्यका माध्यमबाट मुलुकलाई शान्ति स्थायीत्व र समृद्धितर्फ अग्रसर गराउनु राष्ट्रिय आवश्यकता बनेको छ । वर्तमान समयमा हामी सबै अझ हामी संयमित र एकताबद्ध भएर अगाडि बढ्न आवश्यक छ ।’
प्रधानमन्त्री कार्कीले थारु समुदायको मौलिक संस्कृति र पहिचानको संरक्षण तथा प्रवद्र्धनमा सरकार प्रतिबद्ध रहेको जानकारी दिइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्