भारतीय कलाकार प्रदीप रावत अभिनीत गीत ‘जाँदैछु नौ डाँडा काटेर’ रिलिज

<span class='c1'>भारतीय कलाकार प्रदीप रावत अभिनीत गीत</span> <span class='c2'>‘जाँदैछु नौ डाँडा काटेर’ रिलिज</span>

काठमाडौं । यही माघ १६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘आ बाट आमा’ को ‘जाँदैछु नौ डाँडा काटेर’ बोलको गीत रिलिज गरिएको छ ।

परदेशीन लागेको कुरालाई प्रस्ट्याएको गीतमा भारतीय कलाकार प्रदीप रावतको अलावा पल शाह, बिपना थापा, साइग्रेस पोखरेल,उषा उप्रेती,सिम्रन पन्त लगायतलाई देख्न सकिन्छ । किरण परियारको स्वर रहेको गीतमा अभि सुनारको शब्द सङ्गीत छ । गीतको एरेन्ज विशाल निरौलाले गरेका हुन् । आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको फिल्ममा बिपना थापा,पल शाहका अलावा प्रदीप रावत,उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित विष्ट र बेगम नेपालीलगायत कलाकारको मुख्य भूमिका रहेको छ ।

चन्द्र पन्तको निर्देशन रहेको यस फिल्मको कथा तथा पटकथामा उनैले लेखेका हुन् । फिल्ममा सङ्गीत कोसिस क्षेत्री,बाबुल गिरी र थानेश्वर गौतमको छ । फिल्मको गीतको भिडियोमा कोरियोग्राफी गंभीर विष्ट र दिलिप ओखेडाको छ । फिल्ममा कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी रहेको छ भने करण सिंह रसाली कार्यकारी निर्माता रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्