विराटनगर । विराटनगरको हिमालय रोडमा पाँचौँ संस्करणको ‘विराट सडक महोत्सव’ सुरु भएको छ । विराटनगर महानगरपालिकाको मुख्य प्रबद्र्धन तथा मन्जिना मुभिज क्रियशनको आयोजनामा माघ १ गते बिहीबारबाट सडक महोत्सव सुरु भएको हो । विराटनगरलाई मनोरञ्जन र पर्यटनको हब बनाउने उद्देश्यका साथ आयोजना गरिएको सडक महोत्सवको उद्धघाटन् जिल्ला प्रशासन कार्यलय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोईरालाले गरेका थिए । कार्यक्रममा पर्यटन व्यावसायी भविष श्रेष्ठले विराटनगरको यस्ता सडक महोत्सवले विराटनगरलाई पर्यटकिय हव बनाउन सकिने बताउनुभयो ।

सडक महोत्सवमा विभिन्न जातिय परम्परागत खानाका परिकारहरू राखिएका छन् । महोत्सवमा नेवारी, थारु, राजवंशी, लिम्बू लगायतका विभिन्न आदिवासी जनजातिका रैथाने स्वादसँगै विराटनगरका होटल तथा रेष्टुराका विशिष्ट परिकारहरू समेत समावेश गरिएको मन्जिना मुभिज क्रियसनका निर्देशक जतिन ताम्राकारले जानकारी दिनुभयो ।





सडक महोत्सवको पहिलोदिन डिजे एके, अनुभव रेग्मी, भाईरल उड डान्स समुह तथा नेवारी कल्चरका सास्कृतिक प्रस्तुति रहेका थिए । सडक महोत्सव माघ ५ गते सम्म आयोजना हुनेछ ।