कांग्रेस विशेष महाधिवेशनबारे ओलीको प्रश्न : महाधिवेशन कसले बोलाउँछ, थिति होला नि त ?

<span class='c1'>कांग्रेस विशेष महाधिवेशनबारे ओलीको प्रश्न : महाधिवेशन</span> <span class='c2'>कसले बोलाउँछ, थिति होला नि त ?</span>

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको विशेष महाधिवेशनबारे टिप्पणी गरेका छन् । शुक्रबार नेकपा एमाले राजधानी प्रदेश कमिटी घोषणा कार्यक्रममा बोल्दै उनले कसैले सडकबाट बहुमत पुर्याएँ भनेका भरमा हुन्छ र भन्दै प्रश्न गरे ।

उनले भने, ‘नेपाली कांग्रेसले नियमित महाधिवेशन नगरेर विशेष महाधिवेशन किन गरेको ? चारपाँच वर्ष कति हो कार्यकाल, नियमित महाधिवेशनको मिति तोकिइसकेको थियो । बैठक कसले बोलाउने भन्ने पनि थिति होला नि ? बैठक कसले बोलाउँछ, महाधिवेशन कसले बोलाउँछ ? थिति होला नि त ? बहुमत र अल्पमतको टुंगो गर्ने पनि त थिति होला नि ! कसैले सडकमा बहुमत पु¥याएँ भनेर भनेका भरमा हुन्छ ।’उनले प्रजातन्त्रलाई अराजकतातर्फ लैजान खोजिएको बताए । उनले नेपाललाई शान्ति क्षेत्र होइन अराजकता, आतंक अपराध हुने देश बनाउन खोजिएको बताए । उनले आज देशमा असंवैधानिक ढंगले जडान गरिएको सरकार रहेकोले जनताबाट निर्वाचित गरेको सरकार हुनुपर्ने बताए ।

उनले भने, ‘वास्तवमै नेपाल शान्ति क्षेत्र हो । नेपाललाई शान्ति क्षेत्र होइन अराजकता, आतंक अपराध हुने देश बनाउन खोजियो । आज देशमा असंवैधानिक ढंगले जडान गरिएको सरकार छ । अनिर्वाचित र त्यत्तिकै आएर सरकार चल्दैन । जनताले चुनेको हुनुपर्छ । जनताबाट निर्वाचित गरेको सरकार हुनुपर्छ । निर्वाचित सरकार अपदस्थ गरेर, प्रतिनिधिसभा भंग गरेर न्यायलयहरु जलाउने कार्यहरु गरे । नेपाल देशमाथि, सार्वभौमसत्तामाथि, नेपालकको स्वाधिनतामाथी, नेपालको शान्तिपूर्ण स्थितिमाथि, नेपालमा लोकतान्त्रिक प्रणालीमाथि, नेपालको संविधानमाथि आक्रमण गरिएको छ । आगोले मात्रै जलाइएको छैन, तरतरिकाले पनि जलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्