विराटनगर हाटखोला–कटहरी जोड्ने पुल निर्माणमा ढिलाइ, सर्वसाधारण मर्कामा

<span class='c1'>विराटनगर हाटखोला–कटहरी जोड्ने पुल</span> <span class='c2'>निर्माणमा ढिलाइ, सर्वसाधारण मर्कामा</span>

विराटनगर । विराटनगरको हाटखोला क्षेत्रलाई मोरङको कटहरी गाउँपालिकासँग जोड्ने सिघिया पुल निर्माण कार्यमा ढिलासुस्ती हुँदा आमसर्वसाधण तथा दैनिक आवतजावत गर्ने सवारी चालकहरुलाई समस्या हुदै आएको गुनासो गर्न थालेका छन् । निर्माण कम्पनीले जुन गतिमा निर्माण कार्यलाई तिव्र गतिमा अगाडी बढाउनुपर्ने हो सोही अनुरुप अगाडी बढ्न नसक्दा अहिले सो क्षेत्रमा आउजाउ गर्ने सवारीसाधान चालकहरुलाई घन्टौँ सम्म जाममा पर्नुपरेको गुनासो गर्न थालेका छन् ।

जिण रहेको पुललाई अहिले पुर्ण टालटुले काम भईरहेको छ । यद्यपी निर्माण कम्पनीले भने पहिलेको भन्दा व्यावस्थित बनाएको दावी गरेको छ । यता ट्राफिक प्रहरीलाई समेत सवारीसाधनलाई व्यावस्थित गराउन हम्मे हम्मे परेको छ । पुलको बाटोमा एकतर्फी मात्र सवारीसाधन चलाउनुपर्ने वाध्ययताले गर्दा दुवैतर्फ ट्राफिक खटाउन थालिएको छ । दिउँसोको समयमा भन्दा पनि विहान बेलुका बढी सवारी साधानको आवगमनमा समस्या हुने गरेको डिउटीमा खटिएका ट्राफिक प्रहरीको भनाई छ ।

अहिले जिर्ण रहेको सिघिया पुललाई हिमालय ईन्जिनियरीङ्ख कम्पनीले हुलाकी राजमार्गको ३ वटा पुल निर्माण गर्ने ठेक्का लिएको छ । त्यसै अनुरुप हाटखोलाको पुल पनि ठेक्कामा परेकाले अहिले पुरानो पुललाई अत्याधुनिक सामाग्रीहरु प्रयोग गरेर निर्माण गरिएको हिमालय ईन्जिनियरिङ्ख कम्पनीका प्रोजेक्ट मेनेजर आभाष सापाकोटाले बताउनुभयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्