शोक प्रस्ताव पारित गरेर सकियो राष्ट्रिय सभाको बैठक

<span class='c1'>शोक प्रस्ताव पारित गरेर</span> <span class='c2'>सकियो राष्ट्रिय सभाको बैठक</span>

काठमाडौं । राष्ट्रिय सभा उन्नाइसौँ अधिवेशनको पहिलो बैठकबाट हालै निधन भएका नेपाली कांग्रेसका सांसद बलदेव बोहराप्रति शोक प्रस्ताव सर्वसहमतले पारित गरेको छ ।

आइतबार बसेको पहिलो बैठकले उक्त शोक प्रस्ताव पारित गरेको हो । बैठकमा बोहराको सम्मानको लागि मौन धारण पनि गरिएको छ । बैठकमा अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रपतिबाट अधिवेशन आह्वानको पत्र पनि पढेर सुनाएका थिए । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालले संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को गत पुस २८ गतेको सिफारिसमा यही माघ ४ गते आजको दिन ११ बजे राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेका थिए ।

राष्ट्रिय सभाको १८औँ अधिवेशन अन्त्य गत भदौ ३१ गते भएको थियो । साथै अर्को बैठक २०८२ साल माघ ९ गते शुक्रबार १ ः १५ मिनेटमा बस्ने तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्