गगन थापाले भने “आज उम्मेदवार टुंग्याउँछौं”

<span class='c1'>गगन थापाले भने</span> <span class='c2'>“आज उम्मेदवार टुंग्याउँछौं”</span>

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आज दिनभरिमा उम्मेदवार टुंग्याइने बताएका छन् । उनले सोमबार बिहान फेसबुकमार्फत् भिडियो सन्देश जारी गर्दै यस्तो बताएका हुन् ।

‘आज दिनभरिमा सबै कुरा टुंग्याउँछौं । ‘बेष्ट’ कोसिस गर्छौं । सकेसम्म यसलाई राम्रो बनाउन,’ सभापति थापाले भनेका छन् ।

उनले पार्टीको आधिकारिक टिकट पाउने व्यक्तिलाई सबैले मनमा केही कुरा नराखी सहयोग गर्न पनि अनुरोध गरेका छन् ।

‘त्यो साथीको पक्षमा सबैजना पार्टीका साथीहरू एकढिक्का भएर, मनमा कुनै पनि कुरा नराखिकन, यो एउटा अभियान हो,’ थापाले भनेका छन्, ‘यो अभियानमा हामी सबै जुट्नपर्छ भनेर, तपाईंहरू लाग्नुहुन्छ भन्ने विश्वासको साथमा सबैलाई अनुरोध गर्न चाहन्छु । अपिल गर्न चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्