माधव नेपालको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी दर्ता

<span class='c1'>माधव नेपालको उम्मेदवारी खारेजीको</span> <span class='c2'>माग गर्दै उजुरी दर्ता</span>

रौतहट । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालको उम्मेदवारी खारेज गर्नुपर्ने माग गर्दै रौतहट क्षेत्र नं. १ मा उजुरी दर्ता भएको छ । सोही निर्वाचन क्षेत्रका प्रतिनिधिसभा सदस्यका उम्मेदवार राम नरेश यादवले निर्वाचन अधिकृतको कार्यालय गौरमा नेपालविरुद्ध उजुरी दिएका हुन् ।

उम्मेदवार यादवले दर्ता गराएको उजुरीमा नेपालविरुद्ध भ्रष्टाचार मुद्दा विचाराधीन रहेको दाबी गरिएको छ । पतञ्जलि योगपीठको जग्गा प्रकरणमा भ्रष्टाचार गरेको आरोपमा नेपालविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा चलिरहेको र उनी निलम्बित अवस्थामा रहेको जिकिर उजुरीमा गरिएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १७ बमोजिम भ्रष्टाचार मुद्दा दायर भई निलम्बनमा रहेका व्यक्ति निर्वाचनमा उम्मेदवार हुन अयोग्य हुने कानुनी प्रावधान रहेको उम्मेदवार यादवको भनाइ छ ।

‘कानुनी रूपमा अयोग्य व्यक्तिले निर्वाचन लड्न नमिल्ने भएकाले ऐनको व्यवस्था अनुसार नेपालको उम्मेदवारी खारेज हुनुपर्छ ।’ यादवले बताए ।
निर्वाचन अधिकृतको कार्यालयले उजुरी दर्ता भएको पुष्टि गर्दै यसबारे आवश्यक कानुनी प्रक्रिया र छानबिन सुरु गरिएको जनाएको छ । निर्वाचन तालिका अनुसार दाबी विरोधमाथि जाँचबुझ गरी निर्वाचन अधिकृतको कार्यालयले केही दिनभित्रै निर्णय सुनाउनेछ । यस विषयमा नेपालको पक्षबाट हालसम्म कुनै औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्