विराटनगर जेसिजका युवाहरु बालेन संग भेटे

<span class='c1'>विराटनगर जेसिजका युवाहरु</span> <span class='c2'>बालेन संग भेटे</span>

विराटनगर । जेसिजका युवाहरूले काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन शाहसँग सौहार्दपूर्ण भेटघाट गरेका छन्। भेटघाटका क्रममा देशको आगामी विकास, युवाको भूमिका र नेतृत्वबारे विचार–विमर्श गरिएको थियो।

उक्त भेटघाटमा नेपाल जेसिसका पूर्व राष्ट्रिय अध्यक्ष (सिनेटर) महेश पौडेल, निवर्तमान नेपाल जुनियर जेसिज संयोजक जेसी रिकेश भण्डारी तथा निवर्तमान राष्ट्रिय जुनियर जेसिज क्षेत्र ‘क’ संयोजक जेसी गौरव कर्णसहित जुनियर जेसिजका युवाहरूको उपस्थिति रहेको थियो।

भेटघाटका क्रममा बालेनले युवाहरूको सोच, सक्रियता र नेतृत्व क्षमताले राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने बताउँदै सकारात्मक परिवर्तनका लागि युवाहरू अग्रसर हुनुपर्ने धारणा व्यक्त गरेका थिए। जेसिजका युवाहरूले पनि देश विकासका विभिन्न विषयमा आफ्ना सुझाव र अनुभव साझा गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्