विराटनगर बसपार्कमा एक युवा मृत फेला, बेलुका चारजना बसेर खाईपिई गरेको खुल्यो

<span class='c1'>विराटनगर बसपार्कमा एक युवा मृत फेला,</span> <span class='c2'>बेलुका चारजना बसेर खाईपिई गरेको खुल्यो</span>

विराटनगर । विराटनगर–११ बसपार्क नजिकै एक घरमा डेरा लिएर बसेका युवक कोठामै मृत अवस्थामा फेला परेका छन् । केटी साथीसँग कोठामा बसेका युवक बिहीबार दिउसो मृत अवस्थामा फेला परेका हुन् । प्रहरीले युवतीलाई नियन्त्रणमा लिएर सोधपुछ थालेको छ ।

युवतीले नै दिएको सूचनाका आधारमा प्रहरी कोठामा पुगेको हो । प्रहरीले शव बरामद गरेर कोशी अस्पताल पु¥याएको छ । मृत्यु हुने विराटनगर–८ का मनिस चौधरी हुन् । प्रहरीले घटनाको अनुसन्धान थालेको छ । कोठामा मदिरा तथा लागुऔषधसँग सम्बन्धित वस्तुहरु छरिएको अवस्थामा बरामद गरेको छ । मृतकको पोस्टमार्टम विराटनगरस्थित कोशी अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।

मोरङका प्रहरी नायव उपरीक्षक हरिनन्दन चौधरीका अनुसार कोठामा चारजना रहेको खुलेको छ । बुधबार राती उनीहरुसँगै बसेर मदिरा लगायत लागुऔषध खाएको खुलेको छ । त्यसपछि दुईजना त्यहाँबाट गएको भनिएको छ । प्रहरीले अहिले घटना कसरी भयो भनेर अनुसन्धान गरिरहेको बाँकी विवरण दिएको छैन । यद्यपी मादक पदार्थ र लागुऔषध एकै पटक खाँदा ओभरडोजका कारण निधन भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्