आज सरस्वती पूजा, देशभर श्रद्धा र उत्साहका साथ मनाइँदै

<span class='c1'>आज सरस्वती पूजा, देशभर श्रद्धा</span> <span class='c2'>र उत्साहका साथ मनाइँदै</span>

काठमाडौं । आज सरस्वती पूजा अर्थात् श्री पञ्चमी देशभर श्रद्धा र उल्लासका साथ मनाइँदैछ । ज्ञान, कला र सङ्गीतकी देवी सरस्वतीको उपासना गर्दै विद्यालय, मन्दिर तथा विद्याका केन्द्रहरूमा आज विशेष पूजा–आराधना गरिन्छ । आजको दिन अक्षरारम्भ गर्ने, कलम–कागज, वाद्ययन्त्रजस्ता सिर्जनाका औजारहरूको पूजा गर्ने परम्परा रहेको छ ।

आजको दिन आफैँमा शुभ हुने भएकाले विवाह, व्रतबन्धलगायत सबै प्रकारका सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नु नपर्ने बताइन्छ । यस दिन बालबालिकाको नाक, कान छेड्ने चलन पनि छ ।

आज काठमाडौं उपत्यकासहित देशभरका सरस्वती मन्दिरहरूमा भक्तजनको भीड लाग्ने गर्दछ । उपत्यकाका स्वयम्भू, मैतीदेवी, गैह्रीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वती मन्दिरमा बिहानैदेखि पूजाआजा भइरहेको छ ।

आजबाट वसन्त ऋतुको सुरुवात हुने धार्मिक विश्वास पनि छ । सरस्वती पूजालाई विद्या, सिर्जना र सकारात्मक सोचको आरम्भका रूपमा लिइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्