राष्ट्रपतिद्वारा श्रीपञ्चमीको अवसरमा वसन्त श्रवण

<span class='c1'>राष्ट्रपतिद्वारा श्रीपञ्चमीको अवसरमा</span> <span class='c2'>वसन्त श्रवण</span>

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको श्रीपञ्चमी (वसन्त पञ्चमी ) को अवसरमा शुक्रबार बिहान हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित विशेष समारोहमा वसन्त श्रवण गरेका छन् । सो अवसरमा हनुमानढोका हेरचाह अडडाका मूल पुरोहितले राष्ट्रपति पौडेललाई अभिषेक, टिका, माला र फूलप्रसाद प्रदान गरेका थिए ।

सो अवसरमा राष्ट्रपति पौडेलले विद्याकी देवी सरस्वतीको पूजा आराधना गरेका थिए भने नेपाली सेनाको एक टुकडीले उनको सम्मानमा सलामी अर्पण गरेको थियो ।सो समारोहमा प्रथम महिला सबिता पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशील कार्की, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुखसहित विशिष्ट महानुभावहरूको उपस्थिति थियो ।

वसन्त पञ्चमीका अवसरमामा विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिने प्रचलन छ । यस अवसरमा वसन्त श्रवण गरेमा सुख, शान्ति र समृद्धि प्राप्त हुने विश्वास रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्