आशिका तामाङले उम्मेदवारी फिर्ता नलिएको सचिवालयको स्पष्टोक्ति

<span class='c1'>आशिका तामाङले उम्मेदवारी फिर्ता</span> <span class='c2'>नलिएको सचिवालयको स्पष्टोक्ति</span>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की धादिङ–२ की उम्मेदवार आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता नलिएको स्पष्ट पारेकी छन् । विभिन्न सञ्चारमाध्यममा उनको उम्मेदवारी फिर्ता लिएको भन्ने समाचारप्रति आपत्ति जनाउँदै तामाङको सचिवालयले ती समाचारहरू भ्रामक भएको जनाएको छ ।

नेपाल न्यूज बैंकसँग कुराकानी गर्दै तामाङको सचिवालयले उम्मेदवारी फिर्ता लिएको भन्ने समाचारको खण्डन गर्दै भनेको छ, ‘उम्मेदवारी फिर्ता लिएको छैन । उहाँ हाल धादिङमै हुनुहुन्छ । पिआर विवाद भनेर प्रसारण गरिएका समाचारहरू समेत निराधार र भ्रामक छन् ।’सचिवालयले यस्ता अपुष्ट र गलत समाचारको पछि नलाग्न सञ्चारमाध्यम तथा सर्वसाधारणलाई आग्रहसमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्