विराटनगरमा खसीको मासुमा बढाएको मूल्य व्यवसायीले कायम गरे, नियमन गर्ने निकाय मौन

<span class='c1'>विराटनगरमा खसीको मासुमा बढाएको मूल्य व्यवसायीले</span> <span class='c2'>कायम गरे, नियमन गर्ने निकाय मौन</span>

विराटनगर । विराटनगर महानगरपालिकालाई व्यापारीले खसीको मासुमा मूल्य बढाएको जानकारी एक हप्तापछि मात्रै जानकारी गराए । व्यापारी आफैं जानकारी गराउन गएपछि मात्रै स्थानीय सरकारले थाहापायो । गत पुस ३० गते राती गरेको निर्णय माघ १ गतेदेखि कार्यन्वयनमा आयो । गत माघ ७ गते व्यापारी महानगरपालिका पुगेर आफ्नो कुरा राखे । त्यसपछि महानगरपालिकाले मूल्य बढाउने नबढाउने भन्ने विषय स्थानीय प्रशासनसहित सरोकारवाला निकायसँग छलफल आयोजना गर्ने भन्यो ।

महानगरपालिका पशुपंक्षी तथा कृषि शाखाका अधिकृत दधीराम दाहालका अनुसार व्यवसायीले मूल्य बढाएको जानकारी एक हप्तापछि मात्र महानगरलाई दिएको स्वीकार गर्दछन् । जानकारी दिदाँ प्रतिकिलो २०० ले मूल्य बढाएर कार्यन्वयनमा ल्याइएको थियो । मूल्य निर्धारण महानगरको प्रत्यक्ष अधिकार क्षेत्रभित्र नपरे पनि मासुको गुणस्तर, अनुगमन र निगरानी गर्ने जिम्मेवारी महानगरपालिकाकै हुन्छ । तर, स्थानीय सरकारले अनावश्यक मूल्य बृद्धि हुँदा स्थानीय प्रशासनसँगको समन्वयमा दर कायम गर्न अग्रसरता लिनुपर्ने हुन्छ ।

अझै पनि सरोकारवाला निकायसँग छलफल गरी उपयुक्त निर्णय गर्ने तयारी महानगरपालिकाले गरिरहेको दावी छ । चुनावी माहोलको फाइदा उठाउँदै विराटनगरका मासु व्यवसायीले खसीको मासुको मूल्य एकाएक प्रतिकिलोग्राम २०० रुपैयाँले बढाएको भन्ने कुरा भने व्यवसायीले अस्वीकार गरेका छन् । उनहिरुको तर्क अनुसार सबै तरकारीको मूल्य बढ्दा मासुको चाँहि दुईवर्षदेखि स्थिर मूल्य रहिरहन सक्ने अवस्था थिएन । त्यहि भएर पुस ३० गतेसम्म एकहजार १०० प्रतिकेजी मासु खरिद गर्ने उपभोक्ताले माघ लागेपछि एक हजार ३०० प्रतिकेजी बुझाउन परेको हो ।

मासु व्यवसायी संघ मोरङका अध्यक्ष सुभास शिवाकोटीले तरकारीको मूल्य बृद्धि भएको र सबै कुरामा महंगीको असर परेकोले मासुको मूल्य बृद्धि भएको दावी गरेका छन् । उनले सुरुमा कन्चनबारी क्षेत्रमा मात्रै मूल्य बृद्धि गरेको बताएका थिए । तर, अहिले महानगरभर नै बृद्धि भएको मूल्य कार्यन्वयनमा आइसकेको छ ।
कन्चनबारी क्षेत्रलाई विराटनगरको खसी मासुको ‘हब’ का रूपमा चिनिन्छ। यहाँ कोशी प्रदेशका पहाडी जिल्ला भोजपुर, संखुवासभा, तेह्रथुम र धनकुटाबाट खसी ल्याइने गरिन्छ। संघका मोरङ अध्यक्ष शिवाकोटीले बजारमा खसीको अभाव र महँगीका कारण मूल्य वृद्धि गर्नुपरेको दाबी गरेका छन्। भारतबाट खसी आयातमा कडाइ भएपछि आपूर्ति घटेको र पहाडबाट आउने खसीसमेत महँगो परेकाले मूल्य बढाउन बाध्य भएको उनको भनाइ छ।

उनका अनुसार हाल खसीको मासु प्रतिकिलो १ हजार ३०० र कुखुराको मासु ४३० रुपैयाँ मूल्य निर्धारण गरिएको छ। मासु व्यवसायी र संघका पदाधिकारीसँग छलफलपछि मूल्य तय गरिएको उनले बताए। शिवाकोटीको आफ्नै व्यवसाय भने रोडशेष क्षेत्रमा रहेको छ। संघको तथ्यांकअनुसार विराटनगरमा दैनिक करिब १०० वटा खसी काटिन्छन्, जसमध्ये ६० वटा खसीको मासु कन्चनबारीबाट बिक्री हुने गरेको छ। बाँकी बजारमा बिक्री हुने मासुको शुद्धतामा कमी हुने कुरा स्वयम् संघ अध्यक्षले स्वीकार गरेका छन्। मासुमा मिलावट भएको गुनासो बढेपछि विराटनगर महानगरपालिकाले कन्चनबारीलगायत विभिन्न स्थानबाट मासुको नमुना संकलन गरी निगरानी गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्