महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटना

<span class='c1'>महाराष्ट्रका उपमुख्यमन्त्री चढेको</span> <span class='c2'>विमान दुर्घटना</span>

काठमाडौं । महाराष्ट्रका उपमुख्यमन्त्री तथा राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) का अध्यक्ष अजित पवार चढेको विमान दुर्घटनाग्रस्त भएको छ ।
बुधबार बिहान मुम्बईबाट महाराष्ट्रको बारामती जाँदै गरेको उक्त चार्टर्ड विमान बिहान करिब ८ः४५ बजे दर्घटना भएको हो ।

अजित पवार जिल्ला परिषद् (जिल्ला परिषद्) निर्वाचनका लागि आयोजना गरिएको एक सार्वजनिक सभामा सहभागी हुन बारामती जाँदै थिए । प्रारम्भीक जानकारी अनुसार विमान दुर्घटनामा परेपनि त्यसको कारण बारे जानकारी आएको छैन् । घटनापछि अजित पवारको अवस्थाबारे कुनै क्षति नभएको प्रारम्भिक संकेत मिले पनि यसबारे विस्तृत जानकारी आउन बाँकी रहेको बताइएको छ ।

यसअघि अजित पवार मंगलबार मुम्बईमा थिए, जहाँ उनले मुख्यमन्त्री देवेन्द्र फडणवीसको अध्यक्षतामा बसेको महाराष्ट्र क्याबिनेट समिति (पूर्वाधार) को बैठकमा सहभागिता जनाएका थिए । उक्त बैठकमा महाराष्ट्रका मन्त्री चन्द्रशेखर बावनकुलेलगायत सम्बन्धित अधिकारीहरूको पनि उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्