चुनावमा ‘थ्रेट’ कारागारबाट फरार, मोरङ प्रहरी पक्राउ अभियानमा

<span class='c1'>चुनावमा ‘थ्रेट’ कारागारबाट फरार,</span> <span class='c2'>मोरङ प्रहरी पक्राउ अभियानमा</span>

विराटनगर । विभिन्न समयमा अदालतबाट दोषी ठहर भएपनि सजाय भुक्तान नगरेका फरार प्रतिवादी खोज्न मोरङमा प्रहरी तल्लिन भएको छ । निर्वाचनमा सुरक्षा चुनौती मानिएका छन्, कारागारबाट फरार प्रतिवादी र प्रहरीबाट लुटिएका हतियार । यी हतियार गत भदौ २४ गते जेनजी आन्दोलनको कभरमा लुटिदाँ संलग्नता भने कारागारका कैदी बढी रहेकोे भनिदै आएको छ ।

निर्वाचनमा यिनै हतियार र कारागारबाट फरार रहेका कैदी बढी जोखिम हुने भएपछि त्यसको खोजीमा प्रहरी सक्रिय भएको छ । यहि क्रममा फैसला कार्यान्वयन नगरेकाहरु मोरङमा धमाधम पक्राउ पर्न थालेका हुन् । प्रहरीले अभद्र व्यवहारमा दोषी ठहर भई ८÷८ हजार जरिवाना तोकिएका विराटनगर–१ का दिपेश कामत र मो.कामत, बैंकिङ कसुरमा २ लाख जरिवाना र तीन दिन कैद भुक्तान गर्नुपर्ने कटहरी १ निवासी बतासी देवी राजबंशी, यसैगरी नकावजनी चोरीमा एक महिना कैद र १३ हजार ५५० जरिवाना ठहर भएका विराटनगर २ का अनिल सरकारलाई पक्राउ गरेर अदालत बुझाएको छ ।

यसैगरी अभद्र व्यवहारमा दोषी ठहर भई १०० रुपिँया जरिवाना तोकिएका सुन्दर हरैंचा–९ का विर बहादुर अधिकारी अभद्र व्यवहारमै ५०० जरिवाना तोकिएका राजेन्द्र अधिकारी, मनोज अधिकारी (सुन्दरहरैंचा १०) र पाँच हजार जरिवाना ठहर भएका पथरीशनिश्चरे ७ का पवन जैसवाललाई पक्राउ गरेर अदालतमा बुझाएको जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्