भोलिदेखि देशभर मौसम पूर्ण रूपमा खुल्नेः मौसमविद् बिनु महर्जन

<span class='c1'>भोलिदेखि देशभर मौसम पूर्ण रूपमा</span> <span class='c2'>खुल्नेः मौसमविद् बिनु महर्जन</span>

काठमाडौं । जल तथा मौसम विज्ञान विभागकी मौसमविद् बिनु महर्जनका अनुसार हाल देशको उच्च पहाडी तथा हिमाली भू–भागमा पूर्ण रूपमा बादल लागेको छ भने बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

उनका अनुसार अहिले नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । यस प्रणालीका कारण गएरातिदेखि पश्चिमी भू–भाग हुँदै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मध्यम वर्षा भएको छ । आज बिहानबाट भने बाग्मती प्रदेशमा हल्का वर्षा सुरु भएको मौसमविद् महर्जनले जानकारी दिइन् । उनले भनिन्, ‘हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । यो प्रणाली गए रातिदेखि पश्चिमी भू–भागबाट नेपालका अन्य भू– भागहरु गण्डकी, लूम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका धेरै स्थानहरुमा मध्यम वर्षा गराएको छ भने आज बिहानबाट बाग्मती प्रदेशमा हल्का वर्षा सुरु भएको छ ।’

गएरातिको वर्षा विवरणअनुसार सुर्खेत जिल्लाको खानी खोला स्टेशनमा सबैभन्दा बढी ४२.६ मिलिमिटर वर्षा मापन भएको छ । त्यसैगरी रुकुम पूर्वको शेरगाउँ स्टेशनमा ३७.८ मिलिमिटर र डडेलधुरामा २९ मिलिमिटर वर्षा मापन गरिएको उनले बताइन् । यी प्रदेशका धेरै स्थानमा मध्यम खालको वर्षा भएको उनको भनाइ छ । आगामी मौसमबारे जानकारी दिँदै मौसमविद् महर्जनले, ‘पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको बताइन् ।

‘अबको केही घण्टामा देशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ,’ उनले भनिन् । उनका अनुसार बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा हुन सक्नेछ । त्यसैगरी मधेश प्रदेश र कोशी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षा, तथा कोशी प्रदेशकै तराई भू–भागका एक–दुई स्थानमा हल्का वर्षा को सम्भावना रहेको छ । मौसमको यो अवस्था आज साँझसम्म कायम रहनेछ । साँझपछि भने मौसममा क्रमिक रूपमा सुधार आउने र भोलिदेखि देशभर मौसम पूर्ण रूपमा खुल्ने मौसमविद् महर्जनले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्