नयाँ दलहरुमा केही खास समूदायको मात्र वर्चश्व छ : विश्लेषक शाह

<span class='c1'>नयाँ दलहरुमा केही खास समूदायको मात्र</span> <span class='c2'>वर्चश्व छ : विश्लेषक शाह</span>

काठमाडौं । राजनीतिक विश्लेषक तुला नारायण शाहले नेपालमा पहिला संघर्ष गरेका,राजनीति बढि जानेका र दल निर्माणमा बढि सक्रिय भएका समूदाय आज दलहरुको वर्चश्वमा परेको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित समावेशी प्रतिनिधित्व तथा सिमान्तकृत समुदायमुखी घोषणापत्र सम्बन्धमा सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले उदाउँदै गरेका नयाँ दलहरुमा पनि केही खास समुदायको वर्चश्व स्थापित भएको बताए । यस्तै उनले सबै दलमा दलित समुदाय, मधेशी, थारु समुदाय, मुस्लिम र समग्रमा महिला समुदायको उपस्थिति दयाको पात्रको रुपमा देखिएको धारणा राखे । उनले भने,‘अथक प्रयासका बाबजुत पनि तथ्यांकले के देखाएको छ भने केही जातिय समुदायहरु निर्णय गर्ने ठाउँमा सहभागिता कम छ । नेपालमा केही समुदाय जो पहिला संघर्ष गरे,राजनीति बढि जाने,दल निर्माणमा बढि सक्रिय भए आज पनि तिनको वर्चश्व दलहरुमा रहेको छ । उदाउँदै गरेको दलहरुमा पनि केही खास समुदायको वर्चश्व स्थापित भएको छ । सबै दलमा दलित समुदाय ,मधेशी ,थारु, मुस्लिम र समग्रमा महिला समुदायको उपस्थिति दयाको पात्रको रुपमा देखिएको छ ।

त्यस्तै उनले नेपालको निर्वाचनमा जित्नेहरुको जातको आधारमा विश्लेषण गर्दा नेपालमा दलित समुदायले चुनाव नै नजित्ने अवस्था रहेको धारणा राखे । थारु, मुस्लिम, जनजाति, मधेशी र आदिवासीहरुले आफ्नो जनसांख्यिक बाहुल्यता भएको ठाउँमा मात्र निर्वाचन जित्ने अवस्था रहेको उनको भनाई छ । ‘नेपालको निर्वाचनमा जित्नेहरुको जातको आधारमा विश्लेषण गर्दा परिणामको विश्लेषण हेर्दा नेपालमा दलित समूदायले चुनाव नै जित्ने अवस्था देखिदैन । महिलाहरु पनि कम जित्नेमा पर्ने रहेछ । थारु, मुस्लिम, जनजाति मधेशी र आदिवासी त्यहाँबाट मात्र चुनाव जित्छ जहाँ उनीहरुको जनसाख्यिक बाहुत्यता छ । खस आर्य समुदायका पुरुषहरु सातै प्रदेश ७७ जिल्लाबाट जितेको इतिहास छ ।’ उनले नेपालका सबै पार्टीहरुभित्रको आन्तरिक लोकतन्त्र र समावेशीताको अवस्था कमजोर भएको तर्क गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्