‘‘उज्यालो विराटनगर’ नारा : सडक बत्ती बिग्रँदा अन्धकार, दुर्घटनाको जोखिम बढ्यो

<span class='c1'>‘‘उज्यालो विराटनगर’ नारा : सडक बत्ती</span> <span class='c2'>बिग्रँदा अन्धकार, दुर्घटनाको जोखिम बढ्यो</span>

सोनु साह
विराटनगर। विराटनगर महनगरपालिकाले अघि सारेको ‘उज्यालो विराटनगर’ नारा व्यवहारमा भने ओझेलमा परेको छ। महानगरले विभिन्न स्थानमा जडान गरेका सडक बत्तीहरू वर्ष नबित्दै बिग्रिएपछि विराटनगरका मुख्य सडकहरू अन्धकारमय बनेका छन् । विराटनगरकै दुर्घटना सम्भावित क्षेत्र बरगाछी–पीपलचौकको सकडमा महिनौंदेखि सडक बत्ती नबलेको स्थानीय बताउँछन्। बरगाछीलाई ‘दुर्घटना हब’ का रूपमा चिनिन्छ । बरगाछी चौकमै हाइमास्ट भएपनि त्यस अगाडी जडान गरिएका अधिकांश बत्ती बिग्रिएको अवस्थामा छन्।

विराटनगरको मुख्य सडक मानिने धरान–राजमार्गका अधिकांश स्थानमा रहेका सडक बत्तीहरू पनि बिग्रिएका छन्। स्थानीयहरूका अनुसार पटक–पटक महानगरपालिकालाई जानकारी गराउँदा पनि मर्मततर्फ कुनै चासो नदिएको आरोप छ। स्थानीय रितीराज कार्कीका अनुसार महिनौंदेखि बिग्रिएका बत्ती मर्मत गर्न आग्रह गर्दा पनि महानगरले बेवास्ता गरेको छ। “अँध्यारोका कारण दुर्घटनासँगै चोरी, लुटपाटजस्ता घटनाहरू हुनसक्ने संभावना छन्,” उनले भने।

अर्का स्थानीय बासिन्दाका अनुसार सडक बत्ती नहुँदा दुर्घटनाको जोखिम झनै बढेको छ। “सवारी साधनको चाप दिनप्रतिदिन बढ्दै गएको छ, तर महानगर सक्रिय नहुनु दुःखद छ,” उनले गुनासो गरे।
केही स्थानमा व्यापारीहरूले फुटपाथमै सामान राख्दा पैदलयात्रीलाई हिँडडुल गर्न समेत समस्या भएको स्थानीयको भनाइ छ। साना तर महत्वपूर्ण समस्याहरू तत्काल समाधान गर्न महानगरसँग उनीहरूले आग्रह गरेका छन्।

वडा नं. ३ स्थित ‘सेल्फी रोड’ मा जडान गरिएका बत्तीहरू पनि जर्जर अवस्थामा छन्। कृष्णा राजवंशीका अनुसार राजवंशी चोकदेखि नोबेल अस्पताल जाने बाटोमा रहेको खार्जी पार्कका कुनै पनि सोलार बत्ती नबलेको अवस्था छ। स्थानीयहरूका अनुसार मोरङ जिल्लाको जोगबनी बोर्डरदेखि विराटनगरको ढाटसम्म जडान गरिएका अधिकांश सडक बत्तीहरू बिग्रिएका छन्। कतिपय बत्तीहरू वर्षौंदेखि मर्मत नहुँदा वडा कार्यालयले समेत चासो नदिएको उनीहरूको आरोप छ।

सडक बत्ती नबलेका कारण सवारी चालक र पैदलयात्री दुवैलाई आवतजावतमा कठिनाइ भइरहेको छ। स्थानीयवासीहरूले तत्काल सडक बत्ती मर्मत गरी सुरक्षित आवागमनको व्यवस्था गर्न विराटनगर महानगरपालिकासँग माग गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्