आजको मौसम : देशभर आंशिक बादल लाग्ने

<span class='c1'>आजको मौसम : देशभर</span> <span class='c2'>आंशिक बादल लाग्ने</span>

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

जसका कारण कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशका पहाडी भू–भागमा पूर्णतया बादल लागेको छ भने बाँकी भागमा आंशिक बादल लागेको छ ।महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा हुस्सु÷कुहिरो रहनेछ ।

देशभर आंशिक बादल लाग्नेछ भने गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू‍–भागका एक–दुई स्थानमा हल्का हिमपात÷वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।त्यसैगरी, महाशाखाका अनुसार आज राति तराईका केही स्थानमा हुस्सु लाग्ने छ भने लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्ने छ । बाँकी अन्य क्षेत्रमा मुख्यतया मौसम सफा रहनेछ ।

गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक÷दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना पनि रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्