पशुपतिमा पहिलो ‘विश्वमेध श्रीविद्या कोटि अर्चना महायज्ञ’ हुने

<span class='c1'>पशुपतिमा पहिलो ‘विश्वमेध श्रीविद्या</span> <span class='c2'>कोटि अर्चना महायज्ञ’ हुने</span>

काठमाडौं । पाशुपत क्षेत्रस्थित नेपाल वेदविद्याश्रम परिसरमा आगामी माघ २३ गतेदेखि फागुन ४ गतेसम्म (फेब्रुअरी ६–१६) पहिलो पटक ‘विश्वमेध श्रीविद्या ललितामहात्रिपुरसुन्दरी कोटि अर्चना महायज्ञ’ दिव्य महोत्सव आयोजना हुने भएको छ।

नेपाल राष्ट्रको शान्ति, समृद्धि र जनकल्याणको सङ्कल्पसहित श्रीविद्याका परम उपासक श्रीविद्यादेशिक प्रवर परमपूज्य गुरुदेव महेश चैतन्य ब्रह्मचारी महाराजको सान्निध्य एवं निर्देशनमा यो ऐतिहासिक अनुष्ठान सम्पन्न गरिनेछ । नेपालको यज्ञीय इतिहासमा नै पहिलो पटक हुन लागेको यस विशिष्ट यज्ञमा कोटि अर्चनाका साथै महागणपति, सूर्य, नारायण, दक्षिणमूर्ति, मातङ्गी, वाराही र कुमारीका लक्षार्चन अनुष्ठानहरू समेत एकैसाथ सञ्चालन गरिनेछ। यस ११ दिनसम्म चल्ने महायज्ञमा करिब १५१ जना दीक्षित साधकहरू सहभागी हुनेछन्। तीमध्ये ११० जना ब्राह्मण बटुक र विद्वान्हरूले दैनिक १४–१५ घण्टासम्म साधना गर्नेछन्। साधकहरूले व्यापारिक लेनदेन र यजमान प्रथाभन्दा टाढा रहेर समान फलका भागीदार हुने व्यवस्था छ।

महायज्ञमा श्रीयन्त्रमा ललितासहस्रनामद्वारा कोटि अर्चना, सप्तशती चण्डी पाठ, शिवोपासना र सुवासिनी पूजाजस्ता गतिविधिहरू हुनेछन्। गुरुदेव महेश चैतन्यका अनुसार, भगवान राम, कृष्ण लगायत विभिन्न देवताहरूले समेत उपासना गरेको यो ब्रह्माण्ड शक्ति तत्वको आराधनाले नेपालको सर्वाङ्गीण विकासमा टेवा पुर्याउने र राष्ट्रको गौरव पुनः जागृत गर्ने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्