निवर्तमान सभापति देउवासँग निरन्तर संवादमा छु : सभापति थापा

<span class='c1'>निवर्तमान सभापति देउवासँग निरन्तर संवादमा</span> <span class='c2'>छु : सभापति थापा</span>

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति गगन थापाले नेपाली काङ्ग्रेस एक ढिक्का भएर फागुन २१ गतेको निर्वाचन तर्फ अगाडि बढि रहेको बताएका छन् ।मधेश प्रदेश कार्यसमिति र प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरुको विशेष कार्यक्रममा उनले नेपाली काङ्ग्रेसको निवर्तमान सभापति र पार्टीका अन्य नेताहरुसँग निरन्तर संवादमा रहेको भन्दै फागुन २१ गतेको निर्वाचन एकसाथ अगाडि बढ्ने तयारी गरिरहेको बताइ ।

उनले भने, ‘अहिले नेपाली काङ्ग्रेसको निवर्तमान सभापति शेर बहादुर देउवासँग निरन्तर संवादमा छु, पार्टीका अन्य नेताहरुसँग पनि निरन्तर संवादमा छु । नेपाली काङ्ग्रेस पार्टी एक ढिक्का भएर फागुन २१ गतेको निर्वाचन तर्फ अगाडि बढि रहेको छ । त्यसैले कही कतै कसैले पनि हिजोको कुरालाई लिएर मनमा केही नराख्नु होला ।’फागुन २१ पछि पनि पार्टीका सबै जना सदस्यहरु एक ढिक्का भएर मिलेर अगाडि बढ्ने पनि उनको भनाई छ ।पार्टीभित्र कुनै गुट नरहेको भन्दै हिजोका कुराहरु बारेमा अड्किएर बस्ने सुविधा कसैसँग पनि नरहेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्