कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानमा हिमपात र वर्षाको सम्भावना

<span class='c1'>कर्णाली र सुदूरपश्चिम प्रदेशको केही</span> <span class='c2'>स्थानमा हिमपात र वर्षाको सम्भावना</span>

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसका कारण हाल सुदूरपश्चिम प्रदेशको तराई भू–भागका थोरै स्थानहरूमा हुस्सु लागिरहेको छ । कोशी, मधेश र बागमती प्रदेश लगायत बाँकी हिमाली भू–भागमा आंशिक बादल लागिरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा हुस्सु÷कुहिरो रहनेछ ।कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भू‍–भागमा साधारणतया बादल लाग्नेछ । कोशी प्रदेश लगायत बाँकी हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू‍–भागका एक–दुई स्थानमा हल्का हिमपात÷वर्षाको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ ।यस्तै, आज राती तराई भू–भागका धेरै स्थानहरूमा हुस्सु÷कुहिरो रहनेछ । कोशी प्रदेश लगायत बाँकी हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू‍–भागका एक–दुई स्थानमा हल्का हिमपात÷वर्षाको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्