अभिभावक दिवसमा एभरेष्टद्वारा कर्मचारी र प्रशिक्षक सम्मानित

<span class='c1'>अभिभावक दिवसमा एभरेष्टद्वारा कर्मचारी</span> <span class='c2'>र प्रशिक्षक सम्मानित</span>

विराटनगर । अभिभावक दिवसको अवसरमा एभरेष्टले लामो समयसम्म सेवा प्रदान गरेका चार जना कर्मचारी तथा खेलकुद क्षेत्रमा उत्कृष्ट उपलब्धि हासिल गराउने दुई जना प्रशिक्षकलाई सम्मान गरेको छ।

दीर्घकालीन सेवाको कदरस्वरूप माध्यमिक तह इञ्चार्ज भोजकुमार श्रेष्ठ, नेपाली शिक्षक तारा काफ्ले, लेखापाल लक्ष्मी ढकाल र तेक्वान्दो प्रशिक्षक नारायण बुढाथोकीलाई दीर्घ सेवा पदक प्रदान गरिएको हो।

त्यसैगरी, राष्ट्रियस्तरको प्रतियोगितामा स्वर्ण पदक जिताउन सफल भएको योगदानको कदर गर्दै पौडी प्रशिक्षक इन्द्र राजभण्डारी र टेबल टेनिस प्रशिक्षक अनुज बानियाँलाई विशेष सम्मान गरिएको छ।

कार्यक्रममा विद्यालय व्यवस्थापनले कर्मचारी र प्रशिक्षकहरूको समर्पण, मेहनत र उपलब्धिले शैक्षिक तथा खेलकुद क्षेत्रको गुणस्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्तै योगदानको अपेक्षा व्यक्त गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्