चमार समुदायले धुमधामका साथ मनाउँदै संत रविदास जयन्ती दिवस

<span class='c1'>चमार समुदायले धुमधामका साथ मनाउँदै</span> <span class='c2'>संत रविदास जयन्ती दिवस</span>

जनकपुर । आज चमार समुदायले धुमधामका साथ संत रवि दास जयन्ती दिवस मनाइरहेका छन् । संत रवि दासको ६४९ औं जन्म जयन्तीको अवसरमा मधेश प्रदेश सरकारले आज प्रदेशभरि विदासमेत दिएको छ ।

संत रविदासको जन्म जयन्ती नेपाल र भारतमा बसोबास गर्ने चमारमात्र नभई अन्य दलित, अल्पसंख्यक समुदायहरुले पनि मनाउने गरेको चमार कल्याण समाजको मधेश प्रदेश अध्यक्ष सुरेन्द्र रवि दासले जानकारी दिए । उनका अनुसार आज नेपालको अन्य प्रदेशहरुमा बसोबास गर्ने चमार समुदायहरुले पनि विभिन्न कार्यक्रमहरु गरी संत रविदासको जन्म जयन्ती मनाइरहेका छन् ।

को हुन संत रवि दास ?
भारतीय भक्ति आन्दोलनका महान् सन्तहरूमध्ये संत रविदास एक अग्रणी व्यक्तित्व हुन् । उनी केवल आध्यात्मिक गुरु मात्र नभई जातीय विभेद, अस्पृश्यता र सामाजिक अन्यायको विरुद्ध आवाज उठाउने महान् समाज सुधारकका रुपमा चिनिन्छन् । उनका विचार, भक्ति र जीवन दर्शनले तत्कालीन समाज मात्र नभई आजको समाजलाई पनि समानता, मानवता र सहअस्तित्वको मार्ग देखाइरहेको छ । संत रविदासको जन्म तत्कालीन समाजमा ‘अस्पृश्य’ मानिने चमार (छाला काम गर्ने) समुदायमा भएको थियो । उनको परिवारको पेशा जुत्ता तथा छालासम्बन्धी काम थियो। सामाजिक रूपमा तल्लो दर्जामा राखिएको समुदायमा जन्मिए पनि रविदासले बाल्यकालदेखि नै आध्यात्मिक चेतना र मानव समानताप्रतिको गहिरो सोच विकास गरेका थिए ।

रविदासले आफ्नो जीवन भक्ति, साधना र समाज सुधारमा समर्पित गरेका थिए । उनी निर्गुण भक्ति परम्परा का अनुयायी थिए, जसमा ईश्वरलाई निराकार, निरगुण र सर्वव्यापी मानिन्छ । उनका अनुसार ईश्वर जात, धर्म, वर्ग र लिंगभन्दा माथि छन् र साँचो भक्ति मनको शुद्धताबाट सुरु हुन्छ । उनका भक्ति पदहरू ब्रज, अवधी जस्ता सरल भाषामा लेखिएका छन्, जसले गर्दा साधारण जनतासम्म उनको सन्देश सजिलै पुग्यो । रविदास कबिरका समकालीन थिए र दुवै सन्तले कर्मकाण्ड, बाह्य आडम्बर र जातीय अहंकारको कडा आलोचना गरेका छन् । संत रविदासको दर्शन मानव समानता र प्रेममा आधारित छ । उनको प्रसिद्ध उक्ति ‘मन चंगा त कठौती में गंगा’ ले मन शुद्ध भए कुनै बाह्य तीर्थ वा कर्मकाण्ड आवश्यक नपर्ने सन्देश दिन्छ ।

रविदासका थुप्रै भक्ति पद र भजनहरू आज पनि श्रद्धापूर्वक गाइन्छन् । उनका केही पदहरू सिख धर्मको पवित्र ग्रन्थ ‘श्री गुरु ग्रन्थ साहिब’ मा समावेश हुनु उनको आध्यात्मिक उचाइको प्रमाण हो । यसले रविदासलाई हिन्दू मात्र होइन, सिख परम्परामा पनि उच्च सम्मान दिलाएको छ ।
उनका विचारबाट प्रभावित भएर रविदास पन्थ को विकास भएको मानिन्छ, जसले आज पनि उनको शिक्षालाई निरन्तर अगाडि बढाइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्