सर्लाहीमा पहिलो पटक आमाको नामबाट नागरिकता वितरण

<span class='c1'>सर्लाहीमा पहिलो पटक आमाको</span> <span class='c2'>नामबाट नागरिकता वितरण</span>

सर्लाही । सर्लाहीमा पहिलो पटक आमाको नामबाट नागरिकता वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीका अनुसार नेपाल नागरिकता ऐन, २०६३ को दोस्रो संशोधन तथा नागरिकता नियमावली, २०६३ को चौथो संशोधनको कानुनी व्यवस्थाअनुसार बाबु विदेशी तथा आमा नेपाली भएको अवस्थामा अंगीकृत नागरिकता प्रदान गरिएको हो ।

यसै कानुनी आधारमा जिल्लाको लालबन्दी नगरपालिका – ७ का राम मनोहर गुप्तालाई जिल्ला प्रशासन कार्यालय सर्लाहीले सोमबार अंगीकृत नागरिकता प्रदान गरेको छ । प्रमुख जिल्ला अधिकारी रामुराज कडरीयाले नागरिकता हस्तान्तरण गरेका हुन् । आमाको नामबाट नागरिकता वितरण सर्लाही जिल्लामा पहिलो पटक भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्